Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

एचकेनेपाल डट कमका धरान प्रतिनिधिसहित ५ पत्रकार सम्मानित

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १८ चैत्र । १४औं अन्तर्राष्ट्रिय आमन्त्रण वुढासुब्बा टुवोर्ग गोल्डकपको समापनको अवसरमा शनिबार क्लवले एचकेनेपाल डट कमका धरान प्रतिनिधिसहित पाँच जना पत्रकारहरुलाई सम्मानित गरेका छ।

एचकेनेपाल डट कमका धरान प्रतिनिधि, ब्लाष्ट टाइम्स तथा मकालु टेलिभिजनका धरान संवाददाता सन्तोष काफ्ले, अन्नपूर्ण पोष्टका धरान संवाददाता रत्नप्रसाद आचार्य र फोटो पत्रकार विकास राईलाई नगद ४ हजारसहित सम्मान गरेको हो।

त्यस्तै, वर्ष खेल पत्रकारीता पुरस्कार नागरिक दैनिककका रोहित राई र पत्रकारिताको क्षेत्रवाट खेलकुदको क्षेत्रमा योगदान पुर्याएवापत कान्तिपुर दैनिकका खेल पत्रकार राजु घिसिङलाई सम्मान गरेको छ। उनीहरुलाई जनही नगद ४ हजार मेडल तथा सम्ममान पत्रसहित कार्यक्रमका प्रमुख अतिथि एन्फका उध्यक्ष गणेश थापाले सम्मान गरेका थिए।
WATCH VIDEO:
काफ्लेलाई गोल्डकपको टेलिभिजनमा उत्कृट समाचार सम्प्रेषण गरेवापत पत्रिकामा उत्कृष्ट समाचार सम्पेषण गरे वापत अन्नपूर्ण पोष्ट दैनिकका धरान संवाददाता आचार्य र फोटो पत्रकार विकास राई सम्मान गरिएको थियो।

क्लवले सोही अवसरमा धरानको खेलकुदको क्षेत्रमा योगदान पुर्र्याउने आधा दर्जन महानुभावहरुलाई समेत सम्मान गरेको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by