Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

संघीयतामा जाँदा बुद्धि पुर्याउन राष्ट्रपतिको दलहरुलाई सुझाव

एचकेनेपाल डट कम सम्वाददाता-
काठमाडौ, १८ चैत । राष्ट्रपति डा. रामबरण यादवले प्रमुख राजनीतिक शक्तिहरुको विचमा सहमतिको बातावरण बनेकोले जेठ १४ भित्र शान्ति र संविधान आउने विश्वास ब्यक्त गरेका छन्।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा क्लबको १४ औ वार्षिक उत्सवको अवसरमा देशभरीबाट आएका शाखाका प्रतिनिधिहरु सँगको कुराकानीमा राष्ट्रपति डा यादवले जेठ १४ भित्र शान्ति र संविधान आउनुको विकल्प नभएको भन्दै दलहरुले संविधान दिनै पर्ने बताए। उनले भने- दलहरुले जेठ १४ मा शान्ति र संविधान दिन्छन भन्ने मलाई विश्वास छ। मैले चार प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई यहि बोलाएर भनेको छु तपाईहरु सहमति गर्नुस जेठ १४ भित्र शान्ति र संविधान दिनुस्, ममा विश्वास बढेको छ, दलहरुवीच सहमति बन्दै गएकोले मुलुकले शान्ति र संविधान पाउछ। माओवादी, काग्रेस, एमाले र मधेसको शक्ति मिलेर अगाडि बढ्नु पर्छ।

संसारमा लागु भएका शासन प्रणालीका राम्रा राम्रा पक्षलाई समेटेर लोकतान्त्रिक मुल्यमान्यता भएको शासन प्रणाली अपनाउनु पर्ने धारणा राख्दै भने- लोकतान्त्रिक मुल्यमान्यता भएको संविधान बन्नुपर्छ । अहिलेसम्म पद्धति नभएको कारण मुलुकमा विभेद भएको हो । पद्धति भए सबै ठिक हुन्छ । अब बन्ने संविधानमा मानवअधिकार, प्रेस स्वतन्त्रता, आवधिक निर्वाचन, विधीको शासन सहितको लोकतान्त्रिक मुल्य मान्यता हुनु पर्छ।

नयाँ संविधान जारी गरेर लोकतान्त्रिक पद्धतिको विकासको लागि पनि निर्वाचनबाट विधी पद्धति स्थपित गर्नु पर्ने उनको धारणा थियो। उनले संघीयतना विना संविधान जारी हुन नसक्ने भन्दै देश विखण्डन नहुने गरी संघीयतामा जानु पर्ने बताए।

संघीय प्रदेश निर्माण गर्दा कसरी गर्ने भन्ने विषयमा दलहरुले बुद्धि पुर्याएर काम गर्नु पर्ने उल्लेख गर्दै राष्ट्रपतिले भने- मुलुकको एकता अखण्ड हुनु पर्छ । यसमा आँच नआउने गरी संघीय प्रदेशहरु निर्माण गर्नु पर्छ । त्यसले नै देश र जनताको हित हुन्छ म त्यसको पक्षमा छु।

राष्ट्रपति डा यादवले मुलुकमा राजनीतिलाई ब्यवस्थापन गर्न नसक्दा मुलुकमा उपलब्ध पर्याप्त साधनस्रोतको उपयोग हुन नसकेकोमा चिन्ता ब्यक्त गर्दै परिवर्तनलाई संस्थागत गरेर मुलुकमा स्थायीत्व कायम गर्दै लोकतन्त्रको बाटोबाट मुलुकलाई अगाडि बढाउनु पर्ने बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by