Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

कास्कीमा शनिबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु

डि.आर. पोखरेल / एचकेनेपाल डट कम-
पोखरा, १८ चैत्र, कास्कीमा शनिबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

हेम्जा गाविस बाँसकोटमा एम्वुलेन्सको ठक्करमा परि एक र पोखरा उपमहानगर पालिका नदीपुरमा बसले ठक्कर दिँदा एक यात्रु गरी दुइको मृत्यु भएको हो।

शनिवार पर्वतबाट पोखरा आउँदै गरेको बा ९ च ७८१ नम्बरको एम्वुलेन्सले पोखराबाट पर्वत जाँदैगरेको ग ३ प ३०९९ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा पर्वत फलेवास ३ का सन्जीव कुँवरको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको पश्चिमाञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटनामा पर्वत फलेवासकै गोपाल श्रेष्ठ घाइते भएका छन्। उनको मणिपाल अस्पतालमा उपचार भइरहेको छ।

यसै गरी, नदीपुरमा दिउँसो भएको दुर्घटनामा रोल्पा फगाम घर भइ हाल पोखरा ११ फुलवारी बस्ने बर् ष१८ का तुलबहादुर घर्तीको घटनास्थलमै मृत्यु भएको हो। साइकलमा सवार उनलाई ग १ ख १७९१ को माइक्रो बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।

घटना भएपछि हेम्जामा ठक्कर दिने एम्वुलेन्सलाई स्थानीयबासीले तोडफोड समेत गरेका थिए भने नदीपुरमा केही समय आक्रोशित स्थानीयले सडक जाम गर्दा केही समय तनाव समेत भएको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by