सन्तो काफ्ले /एचकेनेपाल डट कम
धरान, १८ चैत्र । थ्री स्टार क्लबले सुनसरीको धरानमा जारी १४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुवोर्ग गोल्डकपको उपाधि हात पारेको छ।
शनिवार सम्पन्न भएको फाइनल खेलमा मनाङ मर्स्याङदी क्लवलाई शुन्यकाबिरुद्ध एक गोलले हराउँदै थ्री स्टारले उपाधि हात पारेको हो। जीतसँगै थ्रीस्टारले दुई लाख ५० हजार नगद प्राप्त गरेको छ। उसले यो उपाधि जीतसंगै गोल्ड कपमा नयाँ रेकर्ड कायम गरेको छ। उसको लागि यो चौथो उपाधि हो। गोल्डकपमा सवै भन्दा वढि हात पार्न सफल भएको छ।
एन्फा एकेडेमीको खेलमैदानमा भएको अत्यन्तै प्रतिपर्धात्मक खेलमा थ्रीस्टारका तर्फबाट सन्तोष साहुखलले खेल सुरु भएको ३१ औ मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो। उपबिजेता टीम मनाङ् मर्स्याङ्दीले नगद एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ।
थ्रीस्टारले हङकङ नेप्लीज टिमलाई सेमीफाइनलमा हराउँदै फाईनलको यात्रा तय गरेको थियो भने नेपाल पुलिसलाई पराजित गदै मनाङले फाईनलको स्थान पक्का गरेको थियो।
WATCH VIDEO:
प्रतियोगितामा थ्री स्टारकै गोल किपर किरण चेम्जोङ् म्यान अफ द म्याच घोषित भए। उनले १५ हजार नगद प्राप्त गरे। प्रतियोगितामा हाई स्कोरर नेपाल पुलिस क्लबका भरत खवास भए। उनले २१ हजार नगद पाए।
यस्तै, धरान बर्ष खेलाडी सागर घिमिरेलाई घोषित गरी एउटा यामाहा एस एस मोटरसाइकल प्रदान गरियो। प्रतियोगितामा प्रतियोगिता अवधिभरका उत्कृष्ट खेलाडी थ्रीस्टारमा सन्तोष साहुखल भए। उनले पनि एक थान मोटरसाइकल पाए। प्रतियोगितामा उत्कृष्ट अनुशासित टिम हङकङ नेपलीज टीम घोषित भयो।
प्रतियोगितामा बिजयी खेलाडीहरुलाई नगद, शिल्ड तथा प्रमाणपत्र अखिल नेपाल फुटबल संघ अध्यक्ष गणेश थापाले प्रदान गर्नुभयो। चैत-११ गतेदेखि भएको प्रतियोगितामा ३ विदेशीसहित आठवटा टीमको सहभागिता थियो।
