एचकेनेपाल डट कम संवाददाता-
केही भिडियो यस्ता हुन्छन् जुन अकल्पनीय रूपले एकाएक लोकप्रिय र चर्चित हुन्छन्। ती भिडियोले त्यति अर्थ र महत्व नराखे पनि थोरै समयमा धेरै दर्शकले हेर्दा आश्चर्यमा भने जरूर पार्छ।

यो भिडियो दशैं पार्टीको अवसरमा नायिका सुष्मा कार्कीले हङकङमा नृत्य गरेकी हुन्। यो भिडियो आफैमा त्यति पूर्ण छैन। यो भिडियो एचकेनेपाल डट कमको लागि हाम्रा फोटो पत्रकार जगतअम्बु गुरूङले खिचेका हुन्। यो भिडियोलाई दुई साताभित्र ८४ हजार पटकभन्दा बढी हेरिएको छ। भिडियो हेर्न तलको इमेजमा क्लिक गर्नुहोस्।

पछिल्लो समयमा विवादित गायिका अञ्जु पन्तको एउटा भिडियो पनि छोटो समयमै धेरैले हेरेका छन्। दशैं गीत गाउन नमान्दा आलोचित बनेकी अञ्जुले हङकङमा भने दशैं गीत गाएर शुभकामना दिएकी थिइन्। यो भिडियोलाई दुई साताभित्र ६० हजार पटक हेरिएको छ। यो भिडियो पनि एचकेनेपाल डट कमको लागि हाम्रा फोटो पत्रकार जगतअम्बु गुरूङले खिचेका हुन्। तर कतिपयले अनाधिकृत रूपले हाम्रो च्यानलबाट डाउनलोड गरेर पुनः युट्युबमा अपलोड गरेका छन्। हामीले मनटरिङ गरिरहेका छौं। १ हजार भ्युवर संख्या पुग्नसाथ हामीले युट्युबबाट ती भिडियोहरू हटाउन बाध्य पारिने छ।

त्यस्तै, हालै सम्पन्न इन्फा फिल्म अवार्डका भिडियोहरू पनि छोटो समयमै लोकप्रिय र चर्चित भएका छन्। पहिलो पटक शुरू भएको यो अवार्ड समारोह हङकङमा ऐतिहासिक रूपमा सम्पन्न भएको हो। एचकेनेपाल डट कमले अवार्ड समारोहको लगभग सबै दृश्य ३ भाग गरी भिडियोमा समेटेको छ। पहिलोमा उद्घाटन, सम्मान तथा अवार्ड वितरण, दोस्रोमा नृत्य, गीत तथा अन्य र तेस्रोमा चर्चित हास्यकलाकार जोडी धुर्मुस र सुन्तलीको हास्य प्रहर्सन समिटिएका छन्। भिडियो हेर्न तलको इमेजमा क्लिक गर्नुहोस्


हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस