बाँझोपनको नतिजा (लघुकथा)
– आचार्य प्रभा
-“अरे ! कल्पना तिमी यहाँ ?”
-“हो……नि भाउजु, म यहाँ हुनुमा अचम्भित किन ? अशक्तावस्थामा जँचाउनै पर्यो नि।”
-“अचम्म त लाग्ने नै पर्यो नि कल्पना। त्यत्तिका बर्षसम्म यहाँ आउनु पर्या थिएन तिमीले। त्यै भएर आलोकले अर्की बिहे गरे।”
-“हो आलोकसंगको दूरीत्व र उसले अर्की बिहे गर्नुले त अहिले म यहाँ धाउने भएँ त। पांच पुरा पुगेर छ महिना लाग्यो। डाक्टरले आउनु भनेर जँचाउन आएकी नि।”
-“होईन कस्तो अचम्म ? आलोकसँग ५ बर्षसम्म सँगै हुँदा नि तिम्रो बच्चा भएन तर तिमीले नि दोश्रो बिहे गर्नासाथ १ बर्षभित्रमै पो ?????????????????”
-“त्यहि त…..भाउजु| समाज र आफन्त सबैले मलाई दोष दिए। आखिर होंचिनु पर्ने र बचन खप्न पर्ने त हामी नारीले नै त रैछ। दोष कसको छ ? कमजोरी कसमा छ ? भन्ने कुरो कस्ले बुझ्ने? अनि भन्नु न, माईली भाउजु आलोक र उसकी नयाँ दुलहीको के छ त ?”
-“खै!के हुनु र ?कल्पना। अस्ति आलोककी आमाले निन्याउरो मुख लाउँदै भन्दै थिईन्। ‘भाग्यमै नभएपछि डोकोमा दुध दोएर नहुने रैछ,’भनेर। धाई रहेका छन् अझै। उही भविष्यबाणी गर्ने ठाउँमा ती जोईपोई दुवै ……….।”
रचना – डिसेम्बर/ ८/ १४
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस