Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

सम्झौताको संविधान बन्छः प्रधानमन्त्री भट्टराई

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १७ चैत । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा संसदीय र जनवादी दुबै खाले संविधान नबनी सम्झौताको संविधान बन्ने बताएका छन्।

रिर्पोर्टर्स क्लब नेपालको १४औं वार्षिक उत्सवको अवसरमा शुक्रवार राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सबै राजनीतिक दलहरुले अलि तल ओर्लेर सम्झौता गर्नु पर्ने बताए।

प्रधानमन्त्रीले भने-एकले जित्ने र एकले हार्ने अवस्था हुनु हुँदैन। सम्झौता गरेर मुलुकलाई निकास दिनुपर्छ। उनले जेठ १४ गतेभित्र संविधान बन्ने दावी गर्दै कसैलाई पनि आशंका नगर्न आग्रह गरे। उनले भने-आशंका नगरौ हामी संविधान बनाउँछौ र बनाउँनै पर्छ।

प्रधानमन्त्रीले शान्ति प्रक्रिया अब कसैले पछाडी फर्काउन चाहेर पनि फर्काउन नसक्ने ठोकुवा गर्दै २०६८ साल शान्तिको लागि अत्यन्तै महत्वपूर्ण भएको बताए। संघीयता विनाको संविधान नबन्ने घोषणा गर्दै प्रधानमन्त्रीले मुलुक अब यसबाट पछाडी हट्नै नसक्ने विश्वास ब्यक्त गर्नु भयो। प्रधानमन्त्रीले दलहरुलाई शासकीय स्वरुपमा सहमति गरेर अगाडि बढ्न समेत आग्रह गरे।

शान्ति र संविधान पछि मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनु पर्ने धारणा राख्दै आर्थिक समृद्धि विना लोकतन्त्र हुनै नसक्ने ठोकुवा गरे। उनले दुइ ठूला अर्थतन्त्र भएका छिमेकी मुलुकवीच नेपाल अवस्थित हुनु सौभाग्यको कुरा भन्दै नेपालले दुइ छिमेकीबीच पर्खाल भन्दा पनि पुल बनु पर्ने तर्क गरे। उनले यो नै नेपालको नयाँ परराष्ट्र नीति हुनु पर्ने जिकिर गरे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by