Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

बुढा सुब्बा गोल्ड कपको उपाधि कसको पोल्टामा ?

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १७ चैत्र । धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुवोर्ग गोल्ड कपको उपाधिका लागि शनिवार साविक विजेता लक्ष्मी हुण्र्डाई मनाङ मर्स्याङदी र तीन पटकको विजेता मेघा थ्री स्टार भिड्दै छन्।

राष्ट्रिय लिगमा बराबरी खेलेका यी दुवैले गोल्ड कपको उपाधिका लागि यो सिजनको पहिलो नटआउट खेल्दै छन्। अघिल्लो सिजनमा तीन नकआउट प्रतियोगितमा भेट भएका यी टिमहरुमध्ये थ्री स्टारले तीन वटै प्रतियोगितामा मनाङलाई पाखा लगाएको थियो।

नेपाली फुटबलका सशक्त मानिएका थ्री स्टार र मनाङबीचको भोलिको प्रतियोगिता रोमाञ्कारी तथा प्रतिष्पर्धात्मक हुने देखिएको छ। क्वार्टर फाइनल र सेमी फानलमा शसक्त मानिएका दुइ टिमलाई पराजित गरेर आएको मनाङ भोलि उपाधिको लागि आक्रमक रुममा मैदानमा उत्रने तयारीमा रहेको छ।

मनाङले क्वार्टरमा धरान पूर्वाञ्चल ११ लाई शून्यका विरुद्ध १ गोलले पाखा लगाएको थियो भने सेमीमा उपाधिको दावेदार मानिएको नेपाल पुलिसलाई १ का विरुद्ध ३ गोले पछि पार्दै उपाधि नजिक पुगेको थियो। शसक्त ३ अफ्रिकन खेलाडी मजबुत रक्षा पंक्ति रहेका मनाङमा राष्ट्रिय खेलाडी अनिल गुरुङ, सुजल श्रेष्ठ र शिव श्रेष्ठ सहितका अन्य २ विदेशी खेलाडीसहित मैदानमा उत्रने भएको छ।

दर्शकको मन जित्न सफल भएका अनिल र अर्का विदेशी खेलाडीका आशिष अग्रपंक्तिमा रहेन भएका छन्। यस अघिका खेलमा यी दुइबीच तालमेल मिल्न सकेको थिएन भने मिडफिल्डरहरुले समेत उत्कृट वल निकाल्न सकेका थिएनन् । नियमित खेलाडी नभएर गोल्डकप कै लागि अन्य क्लवबाट खेलाडी ल्याएको मनाङको टिम सेटसमेत राम्रोसंग हुन नसकेको देखिन्थ्यो। अघिल्ला दुइ खेलमा भने भरपर्दा स्ट्रयाकर अनिल सोचे अनुरुप चल्न सकेका थिएनन् भने उनले स्कोर समेत अपेक्षा कृत गर्न सकेको छैनन्।

सुरुदेखि नै दर्शकको राम्रो साथ पाएको मनाङ दुइपटक उपाधि उचालि सकेको र साविक विजेता समेत रहेकोले यो पटकको जसरी पनि उपाधि कव्जा गरी गोल्ड कपमा ह्याट्रिक गर्नै सोच मा रहेको छ। मनाङले यसअघि गत वर्ष आरसिटिलाई र ६० मा पुलिसलाई पराजित गर्दै अपाधि रक्षा गरेका थियो।

रक्षा पंक्ति बलियो रहेको तथा मिड र अगाडिसमेत राम्रा खेलाडी भएकोले उपाधि आफूहरुले नै जित्ने मनाङका कोच हरिओम श्रेष्ठको दावी छ। नयाँ मैदानको कारण उघिल्ला दुइ खेलमा केही समस्या देखिएको भए पनि भोलि सवै खेलाडीले राम्रो खेल्ने उनको भनाई छ। स्ट्रयाकरहरु केही चल्न नकसेको भए पनि फाइनलमा भने त्यस्तो कमजोरी नहुने तथा थ्री स्टार रक्षा पंक्तिमा कैही कमजोर रहेका वताउदै उनले त्यही फाइदा उठाउदै उपाधिमाथि कब्जा जमाउने वताए। साथै उनले भोलि शनिवारको खेल ६० प्रतिशत आफ्नो पक्षमा रहने समेत दावी गरेका छन्।

तीन पटक गोल्डकपको उपाधि उचालि सकेको थ्री स्टारले अघिल्ला सिजनका ३ नकआउट प्रतियोगितामा मनाङलाई पराजित गरिसकेकोले पनि उसलाई कम आँक्न भने मिल्दैन। राष्ट्रिय टिमका गोल रक्षक किरण चेम्जोङसहित मैदानमा उत्रने तयारी रहेको थ्री स्टारको डिफेन्ससंगै मिड समेत केही राम्रै देखिएको छ। यस अघिका खेलमा थ्री स्टारका विषन गौचन वाहेकका अरु खेलाडी चल्न सकका थिएनन् भने फिजिसिङमा समेत समस्या देखिएको थियो। दुइ खेलमा थ्री स्टारले पाएका राम्रो मौकाहरु सदुपयोग गर्न सकेको थिएन। थ्री स्टारका भरपर्दा तथा फु्र्तिला खेलाडी वुद्ध चेम्जोङले समेत राम्रो पर्दशन गर्न सकेको छैनन।

मनाङका भरपर्दा खेलाडी सन्तोष साहुखल र निराजन खड्का समेत थ्री स्टारमाबाट खेलेको पनि थ्री स्टारलाई मजबुद टिमको रुपमा हेरिएको छ। नेपाली फुटवलका राम्रा खेलाडीको रुपमा रहेका विक्रम लामा सविन्द्र श्रेष्ठ पनि थ्री स्टारबाटै खेलि रहेका छन्। अघिल्ला दुइ खेलमा जम्न नसेका यिनीहरु फाइनलमा भने उत्कृट प्रदर्शन गर्ने सोचमा रहेका छन्। थ्री स्टारले क्वाटर फाइनलमा अफ्रिकन युनाइटेडलाई शून्यकाविरुद्ध तीन गोलले पाखा लगाएको थियो भने सेमीमा हङकङ नेप्लिज टिमलाई २ का विरुद्ध ३ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो।

यसअघि, ४ पटक गोल्ड कपमा सहभागी थ्री स्टारले तीन पटक ०६१, ०६३, ०६५, मा उपाधि हात पारि सकेको छ भने गत वर्ष सेमीफाइनलमा आरसिटीसंग ट्राइबेकरकमा पराजित भएको थियो। यो पटक यो उपाधिको रक्षा गर्दै चौथौ पटक उपाधि हत्याउने सोंचमा रहेको छ थ्री स्टार।

फिनिसिङमा कमजोर देखिएका दुवै टिमले गोलको खाता जस्ले खोल्यो उसैले उपाधि कब्जा गर्नै अनुमान लगाउन सकिन्छ। साथै पाएका मौका जसले सदुपयोग गर्न सक्छ उसले उपाधि कब्जा गर्ने निश्चित प्राय रहेको छ।

राष्ट्रिय टिमबाट खेलिसेकका अनुभवी खेलाडी रहेकोले पनि यो पटकको गोल्ड कपमा पनि मनाङलाई पराजित गर्नै थ्री स्टारका टिम म्यानेजर राम श्रेष्ठले बताए। उनले मनाङ शसक्त टिम भएको भए पनि यसअघि तीन पटक पारजित गरेकोले पनि उपाधि आफूहरुले नै कब्जा गर्ने उनको दावी रेहेका छ। यस अघिका खेलमा भरपर्दा खेलाडी चल्न नसकेको तथा पाएको मौका सदुपयोग गर्न नसकेको भए पनि फाइनलमा त्यस्तो गल्ति नदोरिने उनको भनाई छ।

मनाङ शसक्त टिम भएकोले भोलि शनिवारको खेल बराबरीको हुने तथा जसले पहिलो गोल गर्न सक्यो नतिजा उसकै हात पर्ने उनले बताए।
त्यसो त दुबैले एक र्कालाई कम आँकेका छैनन्। दुवै एक अर्कालाई सशक्त प्रतिद्वन्दीको रुपमा लिएका छन्। यी दुवैको लागि फाइनलमा धरान मैदान लक्की मानिदै आएको छ। त्यसमा पनि थ्री स्टारको लागि त धरान सधै फाप्ने गरेको छ।

यी दुवै टिम नेपाली फुटवलका शसक्त भएकाले भोलि शनिवारको खेल बराबर हुने भए पनि नियमित खेलाडी दुवैमा नभएको कारण सोच अनुरुपको खेल नहुन सक्ने अनुमान खेल पत्रकार हेमन्त काफ्ले को छ। मनाङ विदेशीसहित अनिल गुरुङलगायतका शसक्त खेलाडी रहेको र थ्री स्टारमा स्वेदेशी नै भरपर्दा खेलाडी रहेकोले पनि शनिवारको खेल अत्यन्तै प्रतिष्पर्धात्मक हुने उनलको भनाइ छ।

धरान फुटवल क्लवले आयोजनका गरेको गोल्डकपको विजेताले गोल्डकप, ट्रफी मेडलसहित ३ लाख नगद तथा उपविजेताले ट्रफिसहित १ लाख ५० हाजर नगद हात पार्नै छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by