बैकुण्ठराज आचार्य –

चोट त धेरै लाग्दोरहेछ नि मायालु
तिमीले नदेखे जस्तो गर्दा
तर पनि तिमीले हेर्छौ भन्ने लागे पछि
म के गरूँ?

बोलुँ बोलुँ त अति हुँदोरहेछ नि मायालु
तिमीलाई देख्दा
तर एकोहोरो माया रहेछ भन्ने लागे पछि
म के गरूँ?

बिरक्त त धेरै लाग्दोरहेछ नि मायालु
तिमी तर्किदिंदा
तर पनि माया मार्न नसके पछि
म के गरूँ?

भ्रमै हो माया पनि लाग्दोरहेछ नि मायालु
तिमीले बेवास्ता गर्दा
तर पर पुगी फर्की मुसुक्क हाँसिदिए पछि
म के गरूँ?

टेक्सास (यु.एस.ए)

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस