Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

जीप दुर्घटनामा मर्नेको संख्या ७ पुग्यो

एचकेनेपाल डट कम संवाददाता-
सल्यान, १७ चैत । पूजा गर्न सल्यानको खैरावाङ मन्दिरमा जाँदै गरेको जीप शुक्रवार विहान दुर्घटना हुंदा मृत्यु हुनेको संख्या ७ पुगेको छ।

ग १ च २७७० नम्वरको जीप छापडाँडा भन्ने ठाउँमा दुर्घटना हुंदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा जीपका चालक स्यानीखाल १ का २७ वर्षका तोरण कवर, खलङ्गा गाविस २ का सासु बुहारी ७० वर्षकी मंगला खड्गी, ३० वर्षकी खुमकुमारी खड्गी, खलंगा २ श्रीनगरकी २७ वर्षकी सम्झना महर, १३ वर्षकी राधिका सेजवाल, सेजवाल टाकुरा २ का ७ वर्षका विशाल वस्नेत र जिल्ला सरकारी वकिलको कार्यालय दाङ्गमा कार्यरत सहन्यायाधिवक्ता मातृका भण्डारी रहेका छन्।

घटनामा घाइते भएका ६ जनाको कान्तिपुर सामुदायिक अस्पताल सितलपाटीमा उपचार भइरहेको छ। उनीहरूको समेत अवस्था गम्भीर रहेकाले मर्नेको संख्या बढ्न सक्ने बताइएको छ।

सडकबाट करीव ५० मीटर तल खसेर भीरमा जीप अड्किएकोले उद्धारमा कठिनाई परेको प्रहरीले जनाएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.
 
 

About the author

More posts by