Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

५० करोड लगानीमा अस्पताल

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १६ चैत । समाजसेवामा समर्पित जेपी प्रतिष्ठानले काठमाडौंको लप्सिफेदि वडा नम्बर ३ को दुइ सय रोपनी क्षेत्रफलमा झण्डै ५० करोड रुपैयाको लगानीमा अस्पताल, विद्यालय, आश्रम, मन्दिर, पुस्तकालय, आध्यात्मिक केन्द्र, नमुना गाँउ र पार्क निर्माण गर्ने भएको छ।

प्रतिष्ठानले विहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर सो कुराको जानकारी दिएको हो।

प्रतिष्ठानले सो योजनाको लागि कोष संकलन गर्न आगामी चैत्र २० देखि २७ गतेसम्म राजधानीको पशुपति क्षेत्रमा श्रीमद भागवत ज्ञान महायज्ञको आयोजना गर्ने भएको छ। जसका लागि लोकसेवा आयोगका पूर्व अध्यक्ष तिर्थमान शाक्यको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय मूल आयोजक समिति र पूर्व सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा २ सय ५१ सदस्यीय सल्लाहकार समितिसहित यज्ञ सफल बनाउन ३४ वटा समितिहरु गठन गरेको छ।

यज्ञबाट करीब १० करोड रुपैया सहयोग रकम जुटाउने लक्ष्य लिएको जेपी प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहालले जानकारी दिए। सहयोग रकमबाट प्रतिष्ठानको स्वामित्वमा रहेको दुइ सय रोपनी जग्गामा बालकदेखि बृद्धसम्म बस्ने गरी मैत्री सेवा आश्रम निर्माण गरिने छ। त्यसैगरी अस्पताल, मन्दिर, पुस्तकालय, पार्क, पोखरी र विद्यालय सहितको नमुना गाउं बनाउने योजना तयार भएको अध्यक्ष दाहालले पत्रकार सम्मेलनमा जानकारी दिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by