आचार्य प्रभा-
tep

तीज आयो आँगनीमा, दिदी, बैनी हाँस्दा हुन्
मन मनै कम्मर मर्काइे हिन्दी गीतमा नाँच्दा हुन्

आधुनिक जमानामा गहनाको होड छ
सप्तरंगी सपनाको मालाहरु गाँस्दा हुन्।

कस्ले भन्दा कस्ले अब राम्रो साडी लाउने?
गहना नि कस्तो लाउने? सोंच पनि साँच्दा हुन्।

ब्रत बस्ने निहुँ गर्दै अघिल्लै दिन हसुर्दै
आडम्बरमै रितिथिति संस्कार पनि माँस्दा हुन्।

माइतीघरको याद कहाँ? गहनाकै जोरजाम छ
देखावटी तडक भडक् प्रदर्शनमै बाँच्दा हुन्।

(यो ब्यङ्ग्य रचना हो। कसैलाई ब्यक्तिगत प्रहार गरिएको होइेन र आजकालको बिकृति, बिसंगतिमाथिको क्षेप्यास्त्र मात्र हो। औसत दिदी, बहिनीलाई चोट पर्न गएमा केवल ब्यङ्ग्य सम्झी क्षमा गरिदिनु होला। -आचार्य प्रभा)

रचना – अगष्ट. ४/ २०१४

यो पनिः
‘उफ! परदेशी हुनुको नमज्जा’ (दशैं कविता) – आचार्य प्रभा

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस