Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

चीनबाट ८ सहित थप दुई न्यारो बडी जहाज ल्याउँछौः पर्यटनमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १६ चैत । पर्यटन तथा नागरिक उड्ययन मन्त्री लोकेन्द्र विष्टले चिनबाट ५ बटा टुइनेटर र ३ बटा एम १६ जहाजसहित सरकारले थप दुई वटा न्यारो बडीको जहाज ल्याउने तयारी भईरहेको खुलासा गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा मन्त्री विष्टले चिनबाट ८ वटा जहाज ल्याउने प्रक्रिया धेरै अगाडि बढीसकेको भन्दै नेपालमा पर्यटनको प्रवद्धनको लागि क्षेत्रीय स्तरमा उडान थप दुइ वटा न्यरो बडि जहाज ल्याउने तयारी समेत भईसकेको बताए।

साक्षात्कारमा न्यारो बडीको दुइ जहाज ल्याएको छ महिनाभित्रमा थप दुइ वटा वाईड बडिको जहाज ल्याउने तयारी पनि सरकारले गरिरहेको जानकारी दिए। उनले सन् २००९ को मूल्यमै एयरबसले दुइ जहाज दिने बताए पनि लेखासमिति सहितका निकायहरुले पुनः प्रक्रिया सुरु गर्न भनेकोले सरकारले विचको बाटो खोजी रहेको बताए।

त्यसको साथै पोखरा र भैरहवा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको विमान स्थल बनाउने, बारामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक विमान स्थल छुट्याउने विषयमा सर्वे सहितका कामहरु भईरहेको उनले जानकारी दिए।
उनले सर्वोच्च अदालतले अन्तिम पटक भनिसकेकोले जेठ १४ गतेभित्र जसरी पनि संविधान जारी गर्नु पर्ने भन्दै हतारमा गर्नुको नाममा झारो टार्ने संविधान नभई सबैले स्वीकार्ने संविधान जारी गर्न माग गरे।

उनले संविधान निर्माण हुन सेना समायोजन प्रक्रिया, राज्यपुनसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणाली टुङ्गिनु पर्ने तर्क गर्दै अन्यथा शान्ति र संविधान निर्माणको कार्य असम्भव रहेको धारणा राखे।

पार्टीभित्रको विवादले शान्ति र संविधान निर्माण कार्यमा कुनै असर नपर्ने भन्दे पार्टीभित्र शान्ति र संविधानको पक्ष हावी भएको र विरोधी पक्ष कमजोर रहेको बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by