एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं। राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समितिद्वारा आयोजित कविता महोत्सवमा उत्कृष्ट कविता रचनाका निम्ति २५ कविहरूलाई ‘भानुभक्त काव्य पुस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ।

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो महोत्सवको आयोजना गरेको हो। भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समितिका कार्यकारी उपाध्यक्ष इन्दिरा प्रसाईका अनुसार कविता छनौटका लागि प्राध्यापक डा.उषा ठाकुर संयोजक तथा प्रा.केशव सुवेदी र गोपाल पराजुली सदस्य रहेका थिए।

कविता महोत्सवमा उत्कृष्ट रचनाका स्रष्टाहरूमा अप्सरा दाहाल सिक्किम, भारत, कृष्णप्रसाद बस्याल पाल्पा, गायत्री घर्ती मगर रोल्पा, गीता कार्की काठमाडौं, तारा पराजुली मोरङ, त्रिलोचन आचार्य सिन्धुपाल्चोक, दीप्स शाह धादिङ, दुर्गा शर्मा काठमाडौं, नारायण ज्ञवाली रूपन्देही, निरूपा प्रसुन चितौन, बुनु चौधरी थारू काठमाडौं, भगवती वस्नेत हाल ः इजरायल, भरतकुमार साउद अछाम, भरत गुरागाईं मोरङ, डा.भूपहरि पौडेल काठमाडौं, मणिराज सिंह ललितपुर, वासुदेव पाण्डेय डडेल्धुरा, शान्ति रिसाल काठमाडौं, शिवराम सापकोटा भक्तपुर,.डा.शैलेन्दुप्रकाश नेपाल काठमाडौं, सन्ध्या पहाडी काठमाडौं, हिरण्य ज्ञवाली रुपन्देही, हीरामाया घिसिङ काभ्रे, होमशङ्कर बास्तोला रसुवा र क्षितिज सुब्बा तेह्रथुम रहेका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस