सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
काठमाडौं। धराने गायिका सुनिता लिम्बु (थेबे)ले श्रोतामाझ डेब्यु एल्बम ‘हौसला’ लिएर आएकी छन्।

वरिष्ठ संगीतकार तथा गायक प्रकाश गुरुङकी सांगीतिक चेली रहेकी लिम्बुको एल्बम ललितपुरस्थित बीएफबीएस रेडियोमा वरिष्ठ संगीतकार तथा गायक प्रेमध्वज प्रधान, वरिष्ठ संगीतकार गुरुङ र संगीतकार सुरेश अधिकारीले सार्वजनिक गरे।

कार्यक्रममा वरिष्ठ गीतकार तथा गायक प्रधानले नेपाली सांगीतिक क्षेत्रमा महिलाको स्वरको आगमन सुखद रहेको बताए। एक दशक अघिदेखि गीत गायनमा प्रवेश गरे पनि दुई बर्षअघि सुरेश अधिकारीको संगीत र टिका चामलिंगको शब्दमा हावाले पनि बोलको पहिलो गीत रेकर्ड गरेर गायिका सुनिता लिम्बु थेबेले एल्बमको तयारीमा लागेको बताईन्।

गायिका लिम्बुले आफूले दुई वर्षको मिहेनतमा एल्बम स्रोतामाझ ल्याएको बताईन्। एल्बममा ‘हावाले पनि’, ‘अञ्जानैमा’, ‘जीवन एउटै’, ‘दियो बाली’, ‘हृदयको पाना’, ‘जिन्दगी कहिले’, ‘अधर’ र ‘भेट भयो’ बोलका गीत रहेका छन्।

टिका चाम्लिङ, रमेश पौडेल, काजीमान लिम्बु, मुकेश राई, शशि थापा (सुब्बा) र निलम आङबुहाङ राईको शब्द रहेको एल्बममा सुरेश अधिकारी, प्रकाश गुरुङ, शान्तिराम राई, अर्जुन पोखरेल, आलोक श्री, हेम तामाङ र शिलाबहादुर मोक्तानको संगीत रहेको छ। कार्यक्रममा अल्बमको समीक्ष बरिष्ठ गीतकार डा. कृष्णहरि बरालले गरेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस