एचकेनेपाल डट कम संवाददाता-
फानवरो । गत शनिबार फानवरोस्थित सामुयल कोडी कलेजमा ल्हेगें दाजुभाइहरुको भेटघाट कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा संयोजक मे.रि.खुशीमान गुरुङ एमभिओले भेटघाट कार्यक्रमको उद्धेश्यबारे प्रकाश पार्दै स्वागत गरेका थिए भने प्रारम्भमा प्रोफेसर नारायण ल्हेगें गुरुङले सम्पूर्ण ल्हेगें गुरुङदाजुभाइहरुकोतर्फबाट पित्रीहरुलाई सम्झदै पुजा गरे।

कार्यक्रममा ल्हेगें दाजुभाइ परिवारमा विभिन्न विधामा स्नातक गरेका दाजुभाइ तथा दिदीबहिनीहरुलाई जेष्ठ नागरिक क्या.रि.नरबहादुर ल्हेगेंले फेटा र पछ्यौरी लगाई बधाई दिएका थिए।

कार्यक्रममा चेलीबेटीहरुको तर्फबाट पूर्णिमा ल्हेगे गुरुङले कोसेली दिदैं दाजुभाइहरुलाई निम्ता गरेकोमा धन्यवाद दिईन्। विविध सांस्कृति कार्यक्रमसहित सम्पन्न भएको सो कार्यक्रममा निरमाया रोधीं घरका कलाकारहरु कल्पना श्रीपाल र बिलन थापाले लोकदोहोरी गीतहरु गाएका थिए।

ज्वाइँहरुकोतर्फबाट तमु धिं यूकेका भूपू अध्यक्ष मे.रि. लालबहादुर गुरुङले निम्ताका लागि धन्यवाद प्रकट गरे। सो कार्यक्रममा कुमार ल्हेगें गुरुङले साउण्ड सिस्टम र खानपिनमा निरमाया रोधीं घरले व्यवस्थापन गरेका थिए भने टंक ल्हेगें गुरुङ र रत्न ल्हेगें गुरुङले पेय पदार्थमा सघाएका थिए।
करीब २५० जनाको उपस्थिति रहेको सो कार्यक्रम मे.रि.खुशीमान ल्हेंगे एमभिओको संयोजकत्व सम्पन्न भएको थियो भने मनोज ल्हेगेंले कार्यक्रम संचालन गरेका थिए।

फोटोः मिलन ल्हेगे तमु / एचकेनेपाल डट कम। थप फोटोहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस