धर्मराज अधिकारी / एचकेनेपाल डट कम –
बेलायत। बेलायतस्थित च्यारिटी संस्था नेपाली मद्दत समूहले ह्याम्सायर क्षेत्रमा बसोबास गर्ने नेपाली बृद्धबृद्धा तथा युवा–युवतीहरुलाई लक्षित गरी आउटिङ कार्यक्रमको आयोजना गर्यो। सो अन्तर्गत सहभागीहरुले विन्चेस्टरस्थित गोर्खा म्युजियम र हिलीयर गार्डेनको भ्रमण गरेका थिए।
उल्लेख्य नेपाली सहभागी कार्यक्रममा स्थानीय समुदायका प्रतिनिधिहरु सामेल मात्र भएनन् उनीहरु नेपाली खानामा रमाउंदै नौमती बाजाको तालमा नाचेका थिए।
कार्यक्रममा सम्बोधन गर्दै मद्दत समूहका फाउण्डर कमल पुर्जाले नेपाल बेलायत सम्बन्धको दुईसय बर्षको अवसर पारी सन् २०१५ मा यस कार्यक्रलाई भव्य बनाउने जानकारी दिए। आगामी बर्ष मद्दत समूहले गर्ने यस्तै कार्यक्रममा सहभागी हुन उनले नेपालीलगायत अन्य समुदायलाईसमेत आव्हान गरे। गोर्खा म्युजीयम र हिलियर गार्डेनमा आफूहरुले न्यानो आतिथ्यता पाएको बताउंदै उनले सहभागीप्रति आभार प्रकट गरे। कार्यक्रम संयोजकसमेत रहेका पुर्जाले स्थानीयसंग नेपालीको हातेमालो बढाउन कार्यक्रम आयोजना गरिएको दाबी गरे।
मद्दत समुहका सहयोगी कांग्रेस युवा नेता एकराज नेम्बाङले यस भ्रमणलाई उत्सवका रुपमा मनाईको जिकिर गरे। विगत जस्तै यो बर्षपनि सहभागीहले प्रकृतिको सौन्दर्यसंग भुल्ने अवसर पाएको उनको भनाई थियो। भ्रमणबाट शिक्षा मिलेको जिकिर गर्दै उनले उपयोगी, र बस्तुपरक अभियानमा सहभागी बनि सहयोग पु¥याउनेप्रति आभार प्रकट गरे। नेपाल बेलायत सम्बन्धको दुईसय बर्षको अवसर पारी यस भ्रमण कार्यक्रमलाई नेपाली मेलाको रुप दिने नेम्बाङले बताए। नेपाली संस्कृतिलाई जिवन्तता दिन र नयां पुस्तालाई जानकारी गराउन कार्यक्रम सफल बन्ने उनले बताए।
सोही अवसरमा मद्दत समुहकी बेइजिङस्टोक प्रतिनिधि रेजीना सुब्बाले कार्यक्रममा सहभागि बृद्धबृद्धाहरुले धेरै मनोरञ्जन लिएको बताईन। यसबाट सहभागीहरुलाई प्रकृतिसंग रम्ने अवसर मिलेको उनको भनाई थियो। मद्दत समूहका अर्का प्रतिनिधि क्या. वीर बहादुर थापाले पनि कार्यक्रमबाट धेरै मनोरञ्जन लिइएको बताए। सोही अवसरमा गोर्खा म्युजियमका ग्यानीन एञ्जेले ह्यारीष र गार्डेनका डाइरेक्टरका बब उल्स ग्याङ्गले स्वागत मन्तव्य दिए। कार्यक्रममा ह्याम्सार काउण्टी काउन्सीलका प्रमुख रोहि ट्यारी र गोर्खा म्युजियमका ट्रष्टीज कर्नेल एल ब्रिजर ं(ओबिई) सहभागी थिए।
नेपाली मद्दत समूहले सन् २००२ बाट नै यस्तो कार्यक्रम आयोजना गर्दै आइरहेको छ। करीब १२ हजार भन्दा बढि प्रकृतिका बोट विरुवा तथा फूलहरु रहेको सो मनमोहन हिलीयर गार्डेनले नेपालको याद भुलाएको उनीहरुको भनाई थियो। गार्डेनको प्रबेशद्धारबाट हिंडेको केही समयमा नेपाली चौतारो भेटिएको थियो। नेपाली गोर्खा रेजिमेट्सहरुको नाम अंकित चौतारोमा नेपालकै गाउं घरको याद दिलाउने तस्विरहरु टांगिएका छन्।
गोर्खा परिवारसंग सहभागी गार्डेनका प्रमुख बबले उनीहरुलाई बोट विरुवाबारे जानकारी दिंदै नेपाली चौतारोमा पु¥याएका थिए। सो अवसरमा मद्यत समूहका कोफाउण्डर पुर्जा तथा एरिया प्रतिनिधिहरुले गार्डेनका प्रमुख तथा अन्य सहभागी पाहुनाहरुलाई खादा लगाई सम्मान गरेका थिए।