एनएसजेएफ / एचकेनेपाल डट कम –
सोलखुम्बु, १६ जेठ। सुदिप कुलुङ राईले चार वर्षपछि माउन्ट तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि विहीबार जितेका छन्। सातौँ सहभागितामा राई दोस्रो पटक च्याम्पियन भएका हुन्। सन् २००८ बाट लगातार विश्वको उच्च हिमश्रृखंला म्याराथनमा प्रतिस्पर्धा गदै आइरहेका राई यसअघि सन् २०११ मा पहिलो पटक एभरेष्ट म्याराथन च्याम्पियन भएका थिए।

खराब मौसमका कारण निर्धारित स्थान ­(सगरमाथा आधाराशिविर)बाट दौड सुरु हुन नसकेपछि दूरीलाई निर्धारण गर्न रुटमा फेरबदल गरिएको थियो। ४२ किलोमिटरको निर्धारित दूरीमा पर्ने पाङ बोजे गाँउमा भाई सुमन कुलुङलाई र अन्तिम उकालो (फुङटाङ) मा भिम बहादुर गुरुङलाई उछिनेपछि सुदिप दोस्रो पटक च्याम्पियन बनेका हुन्। उनले ३ घण्टा ५२ मिनेट ९ सेकेन्डमा म्याराथन पुरा गरेका थिए। नेपाली सेनाका भिम (३.५३.५८ ) उपविजेता र सुमन कुलुङ (४.०८.१० ) तेस्रो स्थानमा चिक्तबुझाउनु प¥यो।

महिलातर्फ मिङमा ल्यामु शेर्पालाई ४० सेकेन्डले उछिन्दै आङ छुटीन शेर्पा विजयी बनिन्। उनले निर्धारित दूरी ५घण्टा ८ मिनेट ५ सेकेन्डमा पार गरिन्। ३३ वर्षीया ल्याक फुटी शेर्पा तेस्रो भइन्। विदेशी प्रतिस्पर्धामा पोल्याण्डका रोबर्ट सेलेन्सकीले पहिलो स्थान हासिल गरिन्।

नेपाली सेनाका समिर तामाङले अल्ट्रा म्याराथनको उपाधि जिते। विश्वकै जोखिम मानिने अल्ट्रामा आफ्नो प्रभुत्व कायम राख्न समिरले निर्धारित दूरी ७ घण्टा १७ मिनेट ५५ सेकेन्ड खर्चनु पर्यो। होमलाल श्रेष्ठ (७.३८.१५ ) द्धितीय र डिबी कुलुङ राई (७.३८.१५ ) तृतीय भए। अल्ट्रा म्याराथनलाई रोज्दा पहिले घर, परिवारबाट राम्रो साथ पाएको थिएन, तर सेनाले राम्रो प्रशिक्षण दिएपछि अल्ट्रापछि लगाव बस्यो र लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भए– २०१२ मा हङकङ अल्ट्रा म्याराथनका च्याम्पियन तामाङले आफ्नो खुसी साट्दै भने। यसैगरी, विदेशी घावकको मात्र सहभागिता रहेको हाफ म्याराथन (२१ किमी)मा अष्ट्रेलियाका कार्ल डेविट विजयी भए।

तस्वीरः एनएसजेएफ
Photo/Himex Nepal

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.