सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १५ चैत्र । नेपालको विकास निर्माण सहयोग पुर्र्याउदै आएका १३ वटा दातृ निकायले नेपालमा गर्ने लगानी र सञ्चालन गर्ने कार्यक्रमका बारेमा १४ बुदे मार्गदर्शन बनाएका छन्।
मार्गदर्शन कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम युएनडिपी, स्विस एजेन्सी फर डेभलपमेन्ट, युके एड, जीटीजेड, डानिडालगायतका १३ वटा दातृ निकायको कार्यसञ्चालन तथा आधारभूत मार्गदर्शनको सचिवालयले सुनसरीका सरोकारवालासंग धरानमा अर्न्तक्रिया गरेको हो।
कार्यक्रममा स्विस राजदूत थोमस ग्यासले विविधताले भरिएको मुलुकमा सबै समुदायको समान विकास र स्तरोन्नति हुनुपर्ने बताए। उनले विकासमा समावेशीकरण हुनुपर्नेमा जोड दिए। समावेशीकरणलाई मुल मन्त्र बनाएर आफ्ना कार्यक्रम सञ्चालन गर्न दातृ निकायहरु प्रतिबद्ध रहेकाले कार्य सञ्चालन तथा मार्गदर्शन तयार गरेको बताए।
त्यस्तै, संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि रोवर्ट पार्इपर्सले दातृ निकायले दिएको रकम गैरसरकारी संस्थाले गरिव र अतिगरिवलाई केन्द्र बिन्दू बनाएर सञ्चालन गर्नुपर्ने बताए। उनले स्थानीय स्रोत र साधनको स्थानीयले नै सदुपयोग गर्न पाउनु पाउने अधिकार स्थापित गराउनु पर्ने बताए।
आइएलओ १६९ कार्यान्वयन र पालना गर्नु पर्ने बताउदै कुनै समूहको अधिकार अधिकार हनन् र कुनैको स्थापित गर्नु भन्दा सबैको समान अधिकार स्थापित गर्नुपर्ने उनको भनाइ थियो। उनले पनि मार्गदर्शक सिद्धान्त सबै गैर सरकारी संस्थाले पालन गर्नुपर्ने बताए।
हेल्भटास नेपालले संयोजन गरेको कार्यक्रममा संघिय लिम्बुवान राज्यपरिषद, खसक्षेत्री एकता समाज, थारु कल्याणकारीणीसभा, कोचिला राज्य परिषद, आदीवासी जनजाती महासंघलगायत एक दर्जन बढी जातीय समूहका प्रतिनिधी, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधीलगायतको सहभागिता थियो।
कार्यक्रममा सहभागीले सोधेको प्रश्नको संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि रोवर्ट पाइपस र स्विस राजदूत थोमस ग्यासले जवाफ दिएका थिए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस