सुदर्शन रञ्जित / एचकेनेपाल डट कम-
पोखरा, राष्ट्रिय तथा पोखरेली फुटवल खेलाडी अनिल गुरुङले नेपाल पत्रकार महासंघ कास्की शाखालाई आर्थिक सहयोग गरेका छन्। महासंघ कास्कीको निर्माण हुदै गरेको भवनको लागि नमस्ते एयर नानदोज रेष्टुरेण्ट एण्ड वारका संचालक समेत रहेका गुरुङले विहीबार पोखरामा एक समारोहका विच महासंघ कास्की शाखाका अध्यक्ष रामकृष्ण ज्ञवालीलाई २५ हजार २ सय रुपैया सहयोग हस्तान्तरण गरेका हुन्।


तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

यस बर्षको एनसेल बर्ष खेलाडीको उपाधिसमेत जितेका गुरुङले आफूलाई उपाधि दिलाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा आफ्नो क्षेत्रबाट विभिन्न सामाजिक क्षेत्रमा सहयोगलाई निरन्तरता दिने वचन दिएका छन्। उनले आफ्नो एसएमएस भोटिङको लागि अभियानबाट बचत भएको १४ हजार २ सय त्यसमा ११ हजार थप गरी महासंघलाई सहयोग गरेका हुन्।

आगामी सेप्टेम्वरसम्मको लागि फुटवल अफ्सिजन भएकाले यति वेला राष्ट्रिय खेलाडी अनिल आफ्नो लगानी भएको रेष्टुरेण्टमा रेखदेख गर्दैै गरेको पाईन्छ। महासंघ कास्कीका अध्यक्ष ज्ञवालीले पोखराको ब्राण्डको रुपमा अनिल भएकोले उनले आफ्नो सामाजिक उत्तरदाहित्व बोध गरेर महासंघलाई सहयोग गरेकोमा धन्यवाद दिदै अन्य खेलाडीहरुलाई यस्ता सकरात्मक कृयाकलामा सहभागि हुन आग्रह गरे।

नेपाल पत्रकार महासंघको अधिवेसनमा सहभागी हुन पोखराबाट काठमाडौ जार्दै गर्दा धादिङको बैरेनीमा सवारी दुर्घटनामा परी घाईते भएका पत्रकार वसन्त अधिकारीको उपचारको लागि सगुन यातयातबिरुद्ध पत्रकारहरु आन्दोलनमा उत्रिने भएकोले यस आन्दोलनलाई सफल पार्न सवै समक्ष आग्रह समेत गरेका छन्। उक्त अवसरमा वेलायतमा रहेकी पार्वती गुरुङले प्रदान गरेको २० हजार ५ रुपैया उनकी सासुआमा लक्ष्मीशोभा गुरुङले महासंघ कास्कीका अध्यक्ष ज्ञवालीलाई हस्तान्तरण गरेकी हुन्। स्वर्गीय गजबहादुर गुरुङको स्मृतिमा उनका आफन्त पार्वतीले उक्त रकम प्रदान गरेकी हुन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस