श्री गुरुङ / एचकेनेपाल डट कम –
टोक्यो, ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा निर्मित पहिलो प्रस्तुति गुरुङ भाषाको चलचित्र “भ्रेँ” अर्थात “पाहुना” आगामी २५ तारिख आईतवारको दिन प्रदर्शन हुने भएको छ।

चलचित्र दिउसो ठीक १ बजे सिन्जुकुस्थित खाबुकी च्यो युनिभर्शल हलमा प्रर्दशन हुने भएको छ। मओत्से गुरुङद्वारा निर्देशित उक्त चलचित्र अन्नपुर्ण र हिउचुलीको फेदमा अबस्थित समुद्र सतहदेखि ४००० मी आग्लो मुल्टे लेक तथा नेपालको चर्चित पर्यटकीय गन्तब्यको रुपमा परिचित रमणिय ढुङेनी गाऊ घान्द्रुकको सेरोफेरोमा छायाँँकन गरिएको छ।

चलचित्र तमु धींं जापानको आयोजनमा प्रर्दशन गरिने लागेको हो। डकुमेन्ट्री बनाउन घान्द्रुक पुगेकी युबती र चंउरी गोठालो बिचको कथा बस्तु एवं घान्द्रुक गाऊको रहनसहन, भाषा, संस्कृति, पर्यटन प्रर्वधन, पाहुनालाई गरिने सत्कार युवाहरू आफ्नो ठाउँको लागि केही गर्नुपर्छ भन्ने चलचित्रको सन्देश रहेको कुरा सो चलचित्रमा उल्लेख गरिएको छ।

युक्तमान गुरुङ (मोफसल), शरद (कालु) गुरुङ, स्वर्ग गुरुङ, मुना गुरुङले २० लाख लागतमा निर्माण गरेको चलचित्रको नायकमा बिमल गुरुङ, नायिका रजनी गुरुङ र अन्य कलाकारहरुमा कुल बहादुर गुरुङ, सुरज गुरुङ, अञ्जु गुरुङ सन्तोष गुरुङ, बिशाल गुरुङ, अमृत गुरुङ र रबिता गुरुङ रहेका छन्।

सन्तोष कोन्मेको छायाँकन अरमान गुरुङ र जस्सु गुरुङको कोरियोग्राफी रहेको चलचित्रमा ५ वटा गीत समाबेश छन्। माओत्से गुरुङ र बिमल गुरुङको कथा रहेको चलचित्रमा अत्यन्त साहसिक भिर मह काटने दृश्य पनि समावेश गरिएको छ।

फाल्गुन १७ गते पोखराको कल्पना हलमा पहिलो प्रिमियर शो भब्य रुपमा आपर सफलतापछि दर्शकहरूको मागसंगै बिभिन्न ठाउँहरूमा प्रर्दशन गर्ने क्रममा मे महिनाको ३ तारिख बेलायतको फ्रानब्रो शहरमा भव्यताका साथ प्रदर्शन भएको थियो। जापानका नेपालीहरूलाई मनोरनञ्जन दिन तमु धी जापानले मे २५ तारिख आईतबार दिनको १ बजे प्रर्दशन गर्न लागेको हो। यस चलचित्र प्रर्दर्शनबाट संकलित केही रकम रोधी क्लब सामुदायिक भवन निर्माणमा सहयोग गर्ने योजना रहेको आयोजकले बताएका छन्। चलचित्र हेर्न आई सहयोग गरिदिन सम्पूर्ण जापानबासी नेपाली दाजुभाई दिदीबहिनीहरूलाई तमु धी जापानले हार्दिक निमन्त्रण गरेको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस