रविन लिङदेन “आम्भु जेठा” / एचकेनेपाल डट कम-
हङकङ। दुई साता अघि नेपालबाट पहिलो पटक हङकङ आएका युवा गायकको “भिम लिम्बु म्युजिकल नाइट” शुक्रवार साँझ सम्पन्न भएको छ।

‘हा–है– धानै नाचिन्छ’ नामक भिडियो गीत चर्चामा आएपछि सांगीतिक क्षेत्रमा जमेका गायक लिम्बुको ‘म्युजिकल नाइट’ हेर्न हलमा दर्शकहरुको भिड लागेको थियो। अढाइ सय जनाको क्षमता भएको याक एण्ड यतिको हल खचा–खच थियो।

उक्त सांगीतिक साँझमा गजल, लोक, आधुनिक, पप गीत जस्ता सवै गरि दुई दर्जन जति उनले गीत गाएका थिए। वेलुकी ८ वजेबाट सुरु भएको सांगीतिक साँझ मध्य राति झनै जमेको थियो। राति अवेरसम्म पनि ‘वान्समोर–वान्समोर’ भन्दै दर्शकहरु सवै नाचिरहेका थिए।

यहाँको स्थानीय कलाकारहरु रोसा साम्सुहाङ, राज तामाङ, कमानध्वज लाओती र भुपेन योङयालगायतका कलकारहरुले उनलाई गीत गाएर साथ दिएका थिए। अर्का कलकार कृष्टिना लिम्बुले दुईवटा गीतमा कुशल नृत्य प्रस्तुत गरेकी थिइन्।

ढल्के ग्रुप हङकङले आयोजना गरेको उक्त सांगीतिक साँझमा भोलिको कामको वास्ता नगरी दर्शकहरुले भीभीआइपीदेखि साधारण सम्मका टिकट काटेर हेर्न आएका थिए।

गायक भिम लिम्बुको गायनलाई सम्मान गर्दै ताप्लेजुङ हङकङ मञ्च, याक्थुङ आर्टिष्ट सोसाइटी, ढल्के ग्रुप, सेनेहाङ परिवार, लक्सम परिवार, साम्सोहाङ परिवार लगायतका संघ–सस्थाहरुले सम्मान–पत्र उनलाई प्रदान गरेका थिए। त्यस्तै गरि उनलाई “म्युजिकल नाइट”मा उपस्थित सयौं जनाले “लाइसी” (पैसा राखेको खाम) दिदै फोटो समेत खिचाएका थिए।

चरणबद्घ भएको “म्युजिकल नाइट”लाई चलचित्र निर्देशक मौसम इम्बुङले संचालन गरेका थिए भने तुल चन्द्र पाङमाले औपचारिक कार्यक्रम संचालन गरेका थिए। कार्यक्रमलाई सम्सेर तुम्बाहाङफेले स्वागत मन्तब्य सहितको सम्बोधन गरेका थिए।

छोटो समयमा तीन दर्जन जति आफ्नै गीत गाइसकेको गायक लिम्बुको “ससि”, “टाइम लाईफ” र “मिम्जिमा” नामक एल्बम बजारमा ल्याई सकेका छन्। त्रिभुवन विश्व विध्यालयबाट शास्त्रिय संगीतमा मास्र्टस डिग्री गर्ने उनी पहिलो लिम्बु गायक समेत हुन्।

हङकङमा धेरै रमाईलो भएको र हङकङवासी नेपालीहरुले कलाकारलाई असाध्यै मायाँ र सम्मान गरेको गायक लिम्बुले वताए।

तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस