मीनप्रकाश उप्रेती / एचकेनेपाल डट कम-
सउल। दणिकोरियामा रहेका नेपालीहरू आफूसँगै बस्ने र काम गर्ने नेपालीबाटै पीडित हुने गरेको मानव अधिकारवादी संस्था (एचआरडि) कोरियाले जनाएको छ।

दैनिक दर्जन बढी नेपालीहरूका यस प्रकारका उजुरी आउने गरेको मानव अधिकारवादी संस्था (एचआरडि) कोरियाको मुख्य कार्यलय आन्शनले जनाएको हो।

कार्यलयका नेपाली प्रतिनिधिले जनाएअनुसार सहकर्मी साथी राति अबेरसम्म मादक पदार्थ सेवन गरि बसिदिने, मध्यराति फोनमा कुरा गर्दा ठूलो स्वरमा गरी सुत्न बाधा पुर्याई दिने, मालिकको नजिक हुन अनावश्यक कुरा लगाई दिने, आफू कोरियाको पुरानो, भाषा र शक्तिमा बलवान छु भन्दै हेप्ने, काम गर्दा रिसले सामान पछार्ने लगायतका उजुरीहरु आउने गरेका छन्।

आफ्नै साथीका कारणले धेरैले कम्पनी परिवर्तन गर्न बाध्य भएको तथा केही कम्पनी सर्न पाउने अधिकार सकिँदा अवैधानिकसम्म हुने गरेको संस्थाले जनाएको छ। ‘हामीलाई आएका उजुरीहरुमा सकेसम्म दुवै पक्षलाई मिलमिलापको वातावरण बनाई दिएका छौं भने अति नै अन्यायमा परेकाहरुको हकमा प्रशासनको सहयोगमा कानुन बमोजिमको न्याय दिलाउन मद्धत गरेका छौं’ संस्थाका एक अधिकारीले भने।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस