एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १५ चैत । नेपालको पूर्वी क्षेत्रमा बुधवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।
बिहान पाँच बजेर २५ मिनेमा झापा र मोरङको भारतीय सीमावर्ती क्षेत्रमा केन्द्रविन्दू रहेको ५ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ।
केन्द्रका अनुसार भूकम्पको धक्का ताप्लेजुङ्ग, पाँचथर, ईलाम, झापा, सप्तरी, सुनसरी, मोरङ्ग, सिरहा लगायतका जिल्लामा बढी महसुस गरिएको छ।
भूकम्पबाट क्षति पुगे नपुगेको विवरण थाहा नभएको केन्द्रले जनाएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस