द्रोण रिजाल –
नेपाली जनसंपर्क समितिहरुको युरोपेली क्षेत्रिय सम्मेलन तथा नेपाली जनसंपर्क समिति नेदरल्याण्डस्को वार्षिक साधारण सभा आगामी २७ मे मा नेदरल्याण्ड्समा हुने भएको छ।
यस सम्मेलन युरोप भरिका नेपाली जनसंपर्क समितिहरू र नेपाली जनसंपर्क समिति युरोपको सहकार्यतामा नेपाली जनसंपर्क समिति नेदरल्याण्डस् को आयोजनामा हुन गैरहेको छ। विशेष गरेर युरोपेली क्षेत्र भित्र स्थापित भएका नेपाली जनसंपर्क समितिहरु विच संयुक्त रुपमा छलफल गरेर, समग्र जनसंपर्क समितिहरुको संस्थागत विकास प्रकृया, स्थायित्व, व्यवस्थापन र समितिहरु विचको सहयोग आदान प्रदान गराउने विशुद्ध लक्ष्यका साथ यो सम्मलेनको आयोजना गरिएको जनाइएको छ।
“ नेपाली जनसंपर्क समिति युरोपको आव्ह्रान, ….आर्थिक समृद्धि, लोकतन्त्र र एकताको अभियान !” भन्ने मुल नाराका साथ कार्यक्रम संपन्न हुने छ ।कार्यक्रमलाई संबोधन गर्नको लागि नेपाली काँग्रेका तर्फबाट वरिष्ठ नेताहरु र केन्द्रिय सदस्यहरु आमस्टाडाम आउने बुझिएको छ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, केन्द्रिय, सदस्य प्रकाश शरण महत लगायतका नेताहरुलाई निमन्त्रणा गरिएको आयोजकहरुले बताएका छन्।
उद्घाटन सत्र पश्चात नेपाली काँग्रेसका आगामी निति तथा कार्यक्रम, नेपाली जनसंपर्क समितिहरुको संस्थागत विकास, प्रवासमा नेपाली जनसंपर्क समितिहरुलाई परेका कानुनी समस्या, जनसंपर्क समिति परोपकारी कोष, जनसंपर्क समितिहरुको आर्थिक कोष निर्माण, युरोप क्षेत्रमा जनसंपर्क समितिहरु विच सहयोग आदन प्रदान तथा सहयोग प्रवद्र्धन, जनसंपर्क समितिहरु गठन नभएका देशहरुमा जनसंपर्क समिति गठनमा सहजीकरण गर्ने र अव जारी हुने संविधानमा नेपाली नागरिकताको निरन्तरता र आप्रवासी नेपाली कामदारहरुको हक, अधिकार र सुरक्षा जस्ता विषयहरुमा छलफल केन्द्रित रहने कार्यक्रम समान्वय समिती बाट जानकारी मा आएको छ।
जनसंपर्क समिति डायस्पोरामा रहेका लोकतन्त्तबादीहरुको साझा संरचना भएका कारण अनावश्यक टिकाटिप्पणी नगर्न र यो समिति संस्थागत विकासकै चरणमा रहेकोले कोही कसैको भावाना संवोधन हुन नसकेको पनि हुन सक्ने हुँदा सवैलाई आफ्ना भनाइ सहित मे २७ मा आमस्टाडाममा स्वागत गर्न चाहेको कार्यक्रम समान्वय समितीले बताएको छ । कार्यक्रमलाई भव्य र सभ्य रुपमा संपन्न गर्नको लागि विभिन्न उपसमितिहरु निमार्ण भएको र तयारी अन्तिम चरणमा पुगेको नेपाली जनसंपर्क समिति नेदरल्याण्डसका अध्यक्ष दिपक रेग्मीले बताएका छन् । विभिन्न देशबाट सहभागिताको लागि नाम दर्ता भैरहेको जनाउदै सवै विषयगत समितिहरुलाई जिम्मेबार भएर कार्यसम्पादन गर्न समेत अनुरोध गरेका छन्, आयोजकहरु ।उनीहरुका अनुसार, नेपाली जनसंपर्क समितिहरु गठन नभएका देशहरुमा यथाशिघ्र जनसंपर्क समितिहरुको गठन गर्ने, नेपाली जनसंपर्क समिति युरोपको द्धितिय अधिवेसनको मिति तय गर्ने र प्रवासबाट महाधिवेसनमा प्रतिनिधीको व्यवस्था गरिए पनि उम्मेद्वार हुन नपाउने व्यवस्थालाई सच्चाउन समेत पहल गरिने बताइएको छ । विभिन्न कार्यक्रम, कार्ययोजना तथा आमस्टाडाम घोषणा पत्र समेत जारी हुने जनाइएको छ।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस