तिलविक्रम थेबे /एचकेनेपाल डट कम –
नेपाली महिला समाज कतारले हाउसमेडका रुपमा आएकी हाल नेपाली राजदुतावासमा आश्रय लिईरहेका विष्णुमाया ढकाललाई स्वदेश फर्कने हवाई टिकट उपलब्ध गराएको छ।

नेपाली महिला समाजका अध्यक्ष रेखा राई, सचिव आमिना खाँन र सहकोषाध्यक्ष सुष्मिता भुषालले राजदुतावासमा गएर पीडित ढकाललाई सो हवाई टिकट सहयोग गरेका हुन्।

माईतीघर कास्की र घर कन्चनपुर ताराथान–४ की विष्णुमाया ढकाल दुईमहिना अघिमात्र घरेलुकामदारका रुपमा कतार आएकीे हुन् तर घरेलु कामदारका रुपमा काम गर्न नसक्ने परिस्थिति र अवस्था आएपछि आएको दुईमहिना नपुग्दै राजदूतावासको शरणमा आउन वाध्य भएकी हुन्।

श्रम सहचरी इन्द्रदेव पाण्डेले नेपाली महिला समाजको मानविय सहयोगका लागि समाजलाई धन्यवाद दिएकाछन्। यसअघि पनि समाजले पीडित ढकाललगायत दुतावासको आश्रयमा रहेका अन्य पीडितहरुलाई खानेकुरा बनाएर खुवाएका थिए।

जुन २०, २०१४ मा प्रथम अधिवेशन आयोजना, दोस्रो वार्षिकउत्स, समाजको मुखपत्र “प्रवासी नारी सन्देश” दोस्रोअंक प्रकाशनजस्ता कार्यक्रमहरुका व्यवस्थापनका लागि व्यस्त रहेको नेपाली महिला समाज व्यस्तताका वावजुद पनि कतारमा नेपाली समुदायका विच मानविय सेवाका कार्यहरु सक्रिय रुपमा निरन्तर गर्दै आइरहेको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस