सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
धरान सुुनसरी। काठमाडौका पर्यटन व्यावसायीहरुले नेपाल पर्यटन बोर्ड लक्षित गरेर शुरु गरेको आन्दोलनले क्षेत्रीय र ग्रामिण पर्यटन विकासमा गम्भीर असर पुगेको भन्दै पूर्वका पर्यटन व्यवसायीहरुले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भिम आचार्यलाई ज्ञापन पत्र बुझाएका छन्।

पूर्वका तिन दर्जन पर्यटन व्यवसायीहरुले वार्ताको माध्यमबाट समस्याको समाधान गरि पर्यटन बोर्डको दैनिक काम कार्वाहीलाई सुचारु गर्न आग्रह गर्दै आइतबार मन्त्री आचार्यलाई ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापन पत्रमा उनीहरुले आन्दोलनकारीको जायज मागलाई विधि र प्रक्रियाअनुसार सम्बोधन गरि समस्याको समाधान गर्न समेत मन्त्रि सग माग गरका छन्।

पछिल्लो समयमा नेपाल पर्यटन वोर्डले पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्बधन सगै परम्परागत पर्यटन विकासमा तिव्र गतिमा काम गरि हेको अवस्थामा वोर्डमा भएको तालाबन्दीले देशको पर्यटन व्यवसाय धारासायी भएको भन्दै समस्याको समाधान वार्ताको माध्यमवाट खोज्न आन्दोलनकारीसंग आग्रह गरेका छन्।

पूर्वी नेपालमा रहेका पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका तीन दर्जन बढि व्यवसायीहरुको नेतृत्व गर्दै ज्ञापन पत्र बुझाउन मन्त्रालय पुगेका होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय सदस्यले महेन्द्र प्रधानले पर्यटन वोर्डले क्षेत्रिीय विकासका लागि पर्यटन भन्ने मुल नारालाई कार्यक्रमकै रुपमा ल्याएकै कारण क्षेत्रिय तहमा रहेका सबैले त्यसको प्रतिफल प्राप्त गर्ने अवस्था सिर्जना हुदै गरेको अवस्थामा वोर्डमा ताला लगाएको कारण आफूहरु मारमा परेकोले आफूले मन्त्रीको ध्याकर्षकण गराउन ज्ञापन पत्र बुझाएको जानकारी दिए। उनले आन्दोलनकारीसंग आन्दोलन भन्दा पनि वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आग्रह समेत गरे।

आन्दोलनका नाममा भएको तालावन्दीका कारण पर्यटक नआउदा आफूहरु मारमा परेका कारण आन्दोलन फिर्ता लिन आग्रह गरे भने मन्त्रीलाई समेत समस्याको सामाधान गरि पर्यटन व्यवसाय निर्वाध रुपमा सञ्चालनको बातावरण्म बनाइदिन समेत आग्रह गरे।

बन्द, हडतालको सधैं विरोध गर्ने पर्यटन व्यावसायीहरुले नै बोर्डमा ताला लगाएर कर्मचारीहरुलाई काम गर्न अवरोध गर्दा विदेशी पर्यटकहरुलाई दिइनुपर्ने अत्यावश्यकीय सेवाहरु वन्द भएको र अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको छवि खस्केकोले आफूहरु मन्त्रालय पुगेको पूर्वका पर्यटन व्यवसायीहरुको नेतृत्व गर्दे मन्त्रालय पुगेका नेपाल होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य महेन्द्र प्रधानले जानकारी दिए। यता मन्त्री आचार्यले आफू पर्यटन व्यवसायीहरुको मागप्रति गम्भिर रहेका भए पनि समस्याको समाधान आन्दोलनवाट नहुने भन्दै वार्ताको माध्यमवाट समाधान गर्ने पक्षमा आफू रहेको वताए। उनले आन्दोदनकारीहरुलाई आन्दोलन छोडी वार्तामा आउन आग्रह गर्दै भने – आन्दोलन जारी रहेसम्म वार्ता हुदैन। समस्याको सामाधान वार्ताको माध्यमवाट मात्र संभव भएको भन्दै मन्त्री आचार्यले आन्दोन जारी रहेसम्म वार्ता नहुने स्पष्ट पारेका थिए।

पर्यटन बोर्डको वर्तमान नेतृत्वले राजधानी र बिशेष गरी गोल्डेन टरयांगल (चितवन, पोखारा र काठमाण्डौं)मा कन्द्रित पर्यटन गतिविधिलाई क्षेत्रीयसंगै ग्रामिण तहमा पुर्याएर पर्यटन व्यावसायीहरुलाई उर्जा दिएको भए पनि आन्दोलनका कारण कार्यक्रमहरु बन्द भएको पूर्वका पर्यटन व्यवसायीहरुको आरोप छ। पूर्वका ३२ संघसंसस्थाहरुको धरानमा वसेको बैठकवाट होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा सुनसरी उवासंघ पर्यटन समितिका संयोजक प्रधानको नेतृत्वमा पर्यटन मन्त्रालयमा समस्याको समाधानको लागि ज्ञापन पत्र बुझाउन जाने निर्णय गरेको थियो।

बैठकमा सुनसरी उवासंघको पर्यटन समिति, सुनसरी मोरङ इलामेली समाज, मावरक रानीताल पर्यटन विकास समिति धनकुटा, तमोर रिभर र्याफटिङ सुनसरी, धरान प्याराग्लाइडिङ क्लब, विजयपुर पर्यटन एवं वृहत्तर संघ ,धरान क्यानोइङ क्लब, होटल एशोसिएशन अफ धरान, मुडेबास पर्यटन विकास समिति, धनकुटा, क्षेत्रीय होटल संघ विराटनगर, डाडाबजार विकास समिति, धरान प्याराग्लाइडिङ क्लब, विराटनगर एशोसिएशन अफ ट्राभल एजेन्ट, चौबिसे एकीकृत पर्यटन विकास समितिलगायत ३२ वटा संघसंस्थाहरु सहभागिता थियो। काठमाडौका पर्यटन व्यावसायीहरु पर्यटन बोर्डको काम काज ठप्प पारि आन्दोलन गर्दे आएका छन्।

मन्त्री आचार्यलाई ज्ञापन पत्र बुझाउदै संयोजक महेन्द्र प्रधान(ज्ञापन पत्र वाचन गर्दै) पर्यटन व्यवसायी दिपक श्रेष्ठ (चस्मा लगाएको वाया) र पर्यटनविद् कृष्ण शाह।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस