Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

लोकतन्त्र दिवसमा बिदा नहुने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, १५ चैत । सरकारले अबदेखि लोकतन्त्र दिवसको अवसरमा वर्षेनी दिदै आएको बिदालाई कटौती गर्ने भएको छ।

यसअघि, २०६२/६३ को शान्तिपूर्ण जनआन्दोलनको उपलब्धि स्वरूप मुलुकमा लोकतन्त्र बहाली भएको ऐतिहासिक दिन वैशाख ११ मा लोकतन्त्र दिवसको दिन सार्वजनिक बिदा दिने गरिन्थ्यो।

माओवादी नेता बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णयअनुसार लोकतन्त्र दिवसको विदालाई सार्वजनिक विदाको सूचीबाट हटाइएको हो।

राजपत्रमा प्रकाशित सूचनामा बैशाख ११ गते सार्वजनिक विदा उल्लेख नभएपछि पात्रो र क्यालेण्डरमा पनि बैशाख ११ गते विदा समावेश गरिएको छैन।

यसअघि, फागुन ७ गते प्रजातन्त्र दिवस नमान्दा सरकारको चौतर्फी बिरोध भएको थियो

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by