माधव अधिकारी / एचकेनेपाल डट कम-
काठमाडौं, नेपाली कवितामा देशको मौलिक संस्कृति र परम्परा झल्किनुपर्ने आवश्यकता काठमाण्डौ मा शनिबार आयोजित एक कार्यक्रमका वक्ताले औल्याएका छन्।

पुरानो बानेश्वरस्थित इन्टिच्युट अफ एडभान्स्ड कम्युनिकेशन, एजुकेशन एण्ड रिसर्च (आयसर) द्वारा आयोजित ‘माटोको बोली’ नामक कवि गोष्ठी तथा कविता बाचन समारोहका सहभागीले सो कुरा बताएका समारोहमा प्रमुख अतिथि श्रीलङ्काली राजदूतावासका साँस्कृितक फाँट प्रमुख डिक्सन जे परेराले नेपालको मौलिक जीवनलाई कविता उतार्नु जरुरी रहेको धारणा राखे। भगवान् गौतम बुद्धका कारण नेपाल र श्रीलङ्काबीच घनिष्टता बढेको उल्लेख गर्दै परेराले साहित्यका क्षेत्रमा द्विपक्षीय सहकार्य कवि तुलसी दिवसले वर्तमान नेपाली कवितामा निजत्वको अभाव रहेको भन्दै कवितामा मुटु र माटो प्रतिविम्वित हुनुपर्ने धारणा व्यक्त गरे। सामालोचक डा. मोहन प्रसाद तिमल्सिनाले राष्ट्रको मौलिक दर्शनमा आधारित भएर कविता लेख्न कविहरु जुर्मुराउनुपर्ने बताए।

कार्यक्रमका सभापति त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभाग प्रमुख डा.अम्माराज जोशीले स्रष्टाको अनुभूतिबाट उत्पन्न साहित्यको असर दीर्घकालीन हुने बताए। आदिवासी साहित्यका ज्ञाता डा. आनन्द शर्माले सीमान्तीकृत वर्गको साहित्य प्रवद्र्धनका लागि राज्यले प्रयास गर्नुपर्नेमा जोड दिए।

समारोहमा “विस्तारित आयतनमा नेपाली कविता र यसको आगत” शीर्षकको कार्यपत्र प्रस्तुत गर्दै कवि तथा समालोचक महेश पौड्यालले नेपाललाई चिन्ने मापदण्ड पश्चिमाहरुले बनाउनु गलत भएको बताए। “हामीले आफ्नो परिभाषा आफैँ दिनुपर्छ, आफ्नै मौलिक मापदण्डका आधारमा कविताले यो काम गर्न सक्छ।” पौड्यालले भने।

कार्यक्रममा साहित्यकार कृष्ण प्रसार्इँ, नवराज लम्साल, हेमन यात्री, गीता त्रिपाठी, भीष्म उप्रेती, शकुन्तला जोशी, बाबु त्रिपाठी, टङ्क उप्रेती, हेमन्त विवश, प्रकाश सुबेदी, केशव सिक्देल लगायतले कविता वाचन गरेको थिए। गणेश ढुङ्गानाले स्वागत मन्तव्य राखेको कार्यक्रम कवि हेम प्रभासले सञ्चालन गरेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस