टेरिया मगर नेपाल फर्किन्
एचकेनेपाल डट कम संवाददाता-
जुन २८। काठमाडौं। डिआईडी लिल मास्टर्स ३ की विजेता टेरिया मगर शनिवार नेपाल फर्केकी छन्। टेरिया एयर इन्डियाको विमानबाट अपरान्ह साढे २ बजे काठमाडौं आइपुगेकी हुन्। उनको स्वागत गर्न सयौं प्रशंसकहरु विमानस्थल पुगेका थिए। उनलाई आजै राष्ट्रिय सभा गृहमा भब्य स्वागत गरेको थियो। उनी भोलि गृह जिल्ला रूपन्देही जाँदै छिन्।

उनले जुन २१ तारिख सम्पन्न डिआईडी लिल मास्टर्सको प्रतियोगितामा शीर्ष उपाधि जितेकी थिइन्। भारतीय टेलिभिजन जेटिभीबाट प्रसारण हुँदै आइरहेको चर्चित नृत्य प्रतियोगितामा उनी डिआईडी लिल मास्टर्सको उपाधि विजेता हुन्। रूद्रपुर रूपन्देही घर भएकी ११ वर्षीया टेरियाले उपाधिसहित १० लाख भारू समेत जितिन्। उनलाई ग्रेण्डमास्टर तथा भारतीय फिल्मी उद्योगका अभिनेता मिथुन चक्रवतीले ट्रफी तथा नमूना चेक प्रदान गरेका थिए। प्रतियोगितामा नेपालीमूलका दार्जीलिङकी अनुष्का क्षेत्री फस्ट रनअप भएकी थिइन्। उनले भारू ३ लाख पुरस्कार जितिन्।

फिनालेको भिडियो हेर्न यहाँ जानुहोस्


…………………………………………..



हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस