रमेश खावाजु / एचकेनेपाल डट कम-
सउल, दक्षिण कोरिया। आउदो मे २५ तारिख आइतबारका दिन मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउने आबेदन लिनको लागि नेपाली राजदूताबास दक्षिण कोरियाको घुम्ती सेवा किम्फोको वैगुकइन सेन्टर(ईजेन)मा आउने भएको छ।

राजदूताबासको घुम्ती टोली किम्फो ल्याउने कार्यक्रमको संयोजन क्रियटिभ एमबिसन नेपाल (क्यान)ले गरेको हो। किम्फोमा घुम्ती सेवा दिने नेपाली राजदूताबासको आश्वासन पाएपछि क्रियटिभ एमबिसन नेपालको सक्रियतामा केही समय अघि ३५० जना भन्दा नेपालीहरुको एमआरपी बनाउनको लागि फारम भरि सकेका छन्। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुने घुम्ती सेवामा किम्फो, इन्छन तथा वरिपरि एरियाका नेपालीहरुलाई लक्षित गरेर एमआरपी फर्म संकलन गर्न लागेको हो।

एमआरपी आवेदनको लागि नागरिकता प्रमाण पत्रको सक्कल (सक्कल नभए स्पष्ट बुझिने प्रतिलीपी),प्रयोग भइरहेको हस्त लिखित राहदानी, ३५×४५ एमएमसहितको ८० प्रतिशत अनुहारले ढाकेको, सेतो पृष्ठभूमि भएको तस्बिर र हराएको राहदानीका लागि प्रहरी रिपोर्ट हुनुपर्ने क्यानका सल्लाहकार तथा किम्फो प्रहरी अपराध नियन्त्रण विदेशी विभागका उपसंयोजक उमेश बस्नेतले बताए। सल्लाहकार बस्नेतले एमआरपी राहदानीका लागि १ लाख ८७ हजार ५ सय वन, हराएको र च्यातिएको, भिजेको वा अन्य किसिमले ड्यामेज भएको राहदानीका लागि ३ लाख ७५ हजार वन दस्तुर लाग्ने बताए।

त्यसै गरि क्रियटिभ एमबिसन नेपालका उपाध्यक्ष गजेन भट्टले यसअघि किम्फोमा एमआरपी आवेदन फर्म भरेकाहरुले दूताबासका टोलीको अगाडि रुजु गर्नु पर्ने भएकोले पासपोर्टको सक्कल, फोटो तथा नगदसहित उपस्थित हुनुपर्ने बताए। एमआरपी आवेदन घुम्ती सेवामा KEB बैंकको खाता खोल्न सक्ने ब्यबस्था पनि गरिएको बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस