एचकेनेपाल डट कम संवाददाता-
काठमाडौंं, ३१ वैशाख। नेपाली वाङ्मयका शिखर व्यक्तित्व सत्यमोहन जोशीलाई ‘शताब्दी पुरुष’ घोषणा गर्दै जोशीको पञ्चानब्बेऔं शुभजन्मोत्सवका अवसरमा मंगलवारदेखि शताब्दी महोत्सवको आरम्भ भएको छ।

त्रिमूर्ति निकेतनद्वारा आयोजित एक समारोहमा महोत्सवका अध्यक्ष प्रा.डा. उषा ठाकुरले जोशीलाई माल्यार्पण गरी शताब्दी पुरुषको घोषणा गरेकी हुन्। सो अवसरमा भारतीय नेपाली साहित्यकार नरबहादुर दाहाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी केन्द्रीय अध्यक्ष अमेरिकेली नेपाली साहित्यकार गीता खत्री, डा.मोदनाथ प्रश्रित, डा.रामभक्त ठाकुर, गङ्गाप्रसाद उप्रेती, हरिहर विरही, शान्ति मिश्र, उषा शेरचन, त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईलगायतले शुभकामना मन्तव्य प्रकट गरेका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस