विजय थापा / एचकेनेपाल डट कम-
बैशाख २९, भर्जिनिया। अमेरिकाको डिसी महानगरको भर्जिनियामा नेपाल तथा अन्य मुलुकमा समेत सफलताको साथ प्रदर्शन भएको नेपाली चलचित्र नाई नभन्नु ल -२ भर्जिनियाको सामुदायिक महाबिद्यालयको नाट्यशाला(थेटर)मा भब्य प्रदर्शन भएको छ।

उक्त चलचित्रका अभिनेता सरोज खनालले झण्डै १४ बर्षपछि अमेरिकाबाट नेपाल गइ चलचित्र खेलेका हुन् भने दर्शकहरु बीचमा आफ्नो चलचित्र आफैले हेर्न पाएकोमा खुशी लागेको बताए। निक्कै लामो समय पछिसरोज खनालले अभिनय गरेको चलचित्र हेर्न दर्शक तथा चलचित्र प्रेमीहरु वाशिंगटन डिसी, भर्जिनिया, बाल्टिमोर, म्यारिल्याण्ड, पेन्सिल्भानिया आदिबाट आएका थिए।

बाल मनोबैज्ञानिक र सत्य कथाको आधारमा निर्माण गरिएको नाई नभन्नु ल -२ नेपाली चलचित्रमा बाल गीत पहिलादेखि नै युट्युबबाट हेरी रहेको र त्यहि हेर्न पनि आएको बिभिन्न दर्शकहरुले बताए। बिभिन्न दर्शकहरुले नेपाली चलचित्रले ठूलो फड्को हानेको बताउदै नेपाली चलचित्र राम्रो हुन् थालेकोमा खुशी लागेको बताए।

टिकट डर १५ डलर राखिएको थियो भने दर्शकहरुको संख्या चार सय भन्दा ज्यादा टिकट बिक्रि भएको जानकारी सरोज खनालले दिए। अमेरिकनहरुको मदर्स दे (मातृदिवस)परेको हुनाले अझ धेरै दर्शकहरु नआएको बताउदै अब अन्य राज्यहरुमा पनि प्रदर्शन हुने जानकारी नायक खनालले दिए। चलचित्र सुरु गर्नु अगाडि सरोज खनालले सञ्चारमाध्यक तथा सबै सहयोगीहरुलाई धन्यबाद दिएका थिए।


तस्वीरः इनेपालीज डट कम

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस