राजेश राई / एचकेनेपाल डट कम –
काठमाडौं २५, बैसाख । गोरखा भूतपूर्व सैनिक संघ(गेसो)ले बेलायत र नेपालविच दौत्य सम्बन्धको दुई शताब्दी मनाउंन नदिने घोषणा गरेको छ। गेसोले गोरखाहरुमाथि जारी अन्याय र बिभेदको अन्त्य नभएसम्म दुबै देशलाई दौत्य सम्बन्ध मनाउने नैतिक अधिकार नभएको दाबीसहित उत्वस मनाउंन नदिने घोषणा गरेको हो।

फाइल फोटोः गेसो सभापति पदमबहादुर गुरुङ

गेसोले विहीवार १० डाउनिङ स्ट्रीटस्थित बेलायती प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री डेबिड क्यामरुनलाई २९ प्रश्न सहितको ज्ञापन पत्र बुझाएको छ। गेसो सभापति पदमबहादुर गुरुङको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो। नेपाल र बेलायतबीचको घनिष्ट र असल मित्रराष्ट्रको रुपमा सुमधुर सम्बन्ध र कूटनैतिक दौत्य सम्बन्ध स्थापना भएको आगामी सन् २०१६ मा दुई सय वर्ष पुग्दैछ। गोरखाली युवाहरुलाई पनि बेलयाती सेनामा लगेर सैनिक सेवा गर्न लगाइएको पनि सन् २०१६ मा नै दुई सय वर्ष पुग्दैछ। यही अवसर पारेर बेलायती रक्षा मन्त्रालय अन्र्तगतको बिग्रेड अफ गोरखाज र बेलायत सरकार दुबैले भव्य उत्सव मनाउंने तयारी गरेको छ।

मुख्य सैन्य शक्तिका सरकार प्रमुख र सेना प्रमुखको उपस्थीतिमा मनाउंन लागेको उत्सवका लागि बिग्रेड अफ गोर्खाजले बिभिन्न समिति बनाएको छ। तर, गेसोले गोरखा सैनिकहरुमाथि गरेको अन्यायको बारेमा उचित सम्बोधन नभएसम्म कुनै पनि हालतमा मनाउंन नदिने तयारी समेत गरेको छ। ज्ञापन पत्रमा भनिएको छ, ‘जबसम्म हामी पीडित पक्ष र सम्पूर्ण नेपालीहरुलाई चित्तबुझ्दो उत्तर दिइँदैन; हाम्रो लोभलाग्दो जवानीलाई चरम शोषण गरेर र हामीलाई मानव व्यापारको साधन बनाएर हाम्रो पसिना, रगत, त्याग र बलिदानले आर्जन गरेको कमाई माथि रजाइँ गर्दै दुवै देशका शासकहरुलाई केक काटेर उत्सव मनाउने नैतिक अधिकार हुने छैन भन्ने हाम्रो ठहर छ।’

गोरखाहरुमाथि गरिएको अन्यायको उचित सम्बोधन र उत्तर नआएसम्म उत्सव मनाउँन नदिने गेसो सभापति पदमबहादुर गुरुङले बताए। ‘हाम्रो रगत, पसिना र आशु पिएर उनीहरुलाई उत्सव मनाउँने अधिकार छैन’ उनले भने। कूटनैतिक हैसियत नै नभएका सामान्य कर्मचारीले हस्ताक्षर गरेको त्रिपक्षीय सम्झौतालाई रोयल कोर्ट अफ जस्टिसका न्यायधीस निकोला ब्ल््याकको इजलासले ३० सेप्टेम्बर २००८ मा गैरकानुनी ठहर गर्दै खारेज गरीदिएको तथ्य प्रस्तुत गदै ज्ञापन पत्रमा भनिएको छ, ‘यस सम्बन्धमा दुवै देशका सदन र सरकारलाई थाहै छैन। यो कस्तो खालको सैनिक सेवा हो? यसभित्र के रहस्य लुकाइएको छ? एक मित्रराष्ट्रले अर्कोे मित्रराष्ट्रका नागरिकलाई दास बनाएर मैत्रीसम्बन्ध असल र सुमधुर छ भन्न मिल्छ? यो कदापि मिल्दैन।’

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.