सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, १४ चैत्र । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले पार्टीमा संस्थापन पक्ष नरहेको बताएको छन्।
सुनसरीको धरानमा मंगलवार सञ्चारकर्मीसंग कुरा गर्दै मोहन बैद्य पक्षका गजुरेलले पार्टीका अध्यक्षले बैठक गराउन नसकेकेले पार्टीमा संस्थापन पक्ष नभएको बताए।
आफ्नो पक्षलाई ११ दलको समर्थन रहेकाले आफ्नो समूह संस्थापन पक्ष भएको उनको दावी थियो। अध्यक्षले एउटा केन्द्रीय समितिको वैठक त राख्न हैसियत राख्दैन भने हामीले कसरी संस्थापन पक्ष भन्ने? मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलनमा उनले भने-‘एघार दलले हामीसँग मोर्चा बनाउनु भनेको उहाँहरुले हामीलाई संस्थापन मानेर नै हो, अब हामी नै संस्थापन पक्ष हौं।’ संस्थापन पक्ष भनिएका पार्टीका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठक राख्न नसक्नुले आफ्नो विचार समूह नै संस्थापनको हैसियत राखेको उनले जिकिर गरे।
उनले धेरै पार्टीले आफ्नो समूहलाई समर्थन रहेकाले आफ्नो समूहलाई संस्थापन भनेर लेखिदिन पत्रकारलाई आग्रह गरे। उनले पार्टी उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारको राजिनामा नमाग्ने तर अरु पार्टीले राजिनामा मागे आफ्नो समूहले समर्थन गर्नसक्ने उनले बताए।
पार्टीमा गुटबन्दी भएपनि तत्काल पार्टी नफुट्ने उनले दावी गरे। बैद्य पक्षका कार्यकर्ता भेटघाटमा ब्यस्त गजुरेल केही दिनदेखि पूर्वका विभिन्न जिल्लामा प्रशिक्षणमा ब्यस्त छन्।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस