एचकेनेपाल डट कम संवाददाता –
हङकङ, २ मे। नेपाल विद्यार्थी साँझको तेस्रो संस्करण विहीवार युन लङ थियटरमा सम्पन्न भयो। विभिन्न विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी, तिनका अभिभावक, शिक्षक तथा प्रिन्सिपल कार्यक्रममा उपस्थित थिए।

कार्यक्रममा धरानका सञ्चारकर्मी जसकुमार राईद्वारा तयार पारिएको द्विशतवार्षिकी आदिकवि भानुभक्त आचार्यको वृत्तचित्र विमोचन र प्रदर्शन गरिएको थियो। सगरमाथा किन्डरगार्टेनकी प्रिन्सिपल कमला राई, युन लङ डिस्ट्रिक काउन्सिलर केन चाउलगायतले संयुक्तरूपमा वृत्तचित्रको विमोचन गरेका थिए। आदिकवि भानुभक्तको जन्मस्थल तनहूँ रम्घामा पुगेर छायाँकन गरिएको वृत्तचित्रमा कविको जन्मस्थल, त्यहाँको परिवेशका साथै उनका नाति, खलाती, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीलगायतले आदिकवि भानुभक्तबारे दिएका अभिव्यक्ति समेटिएका छन्। विद्यार्थी साँझमा विद्यार्थीहरूले भानुभक्तद्वारा रचित रामायणको श्लोकहरू वाचन तथा लोकसाहित्यकार एमएम गुरूङबारे चर्चा गरेका थिए। लोकसाहित्यकार गुरूङको केही महिनाअघि निधन भएको थियो।

नेपाली संस्कृति झल्किने गीतसंगीत प्रस्तुत गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमका संयोजक तथा सगरमाथा किन्डरगार्टेनका संस्थापक एकराज राईले नेपालीसहित अल्पसंख्यक जातिका विद्यार्थीहरूको प्रतिभा एकै ठाउंमा उजागर गर्न यस्तो कार्यक्रमको आयोजना गरिएको बताए। राईले यस्तो कार्यक्रम भइरहनु पर्ने बताउंदै हङकङ सरकारको सहयोगसमेत रहेका कारण भविष्यमा पनि निरन्तर जारी रहने बताए। ९५ प्रतिशत चिनीयाँ र ५ प्रतिशत अल्पसंख्यक जाति रहेको हङकङमा सरकारले सबै बच्चाहरूलाई एकै नजरले हेरेको बताए। हङकङ सरकार तथा शिक्षा विभागले अल्पसंख्यक विद्यार्थीको कुनै पनि विषयमा इन्कार गरेको अनुभव आफूसंग नरहेको बताए। त्यस्तै नेपाली भाषामा प्रकाशित विद्यार्थीहरूको सृजनाशिलता समेटिएको पत्रिका ‘टाँकी’ अर्को वर्षदेखि नेपाली, चाइनिज र अंग्रेजी गरी तीन भाषामा प्रकाशित हुने राईले जानकारी दिए।

थप तस्वीरहरूः

थियटर हलमा विविध कार्यक्रम भइरहंदा थियटरको प्रेक्षालयमा कलाकार दिपेन्द्र राईसहित नेपाली विद्यार्थीहरूद्वारा सिर्जित चित्रकला प्रदर्शनीमा राखिएको थियो। विद्यार्थीहरूले अप्रिल २७ तारिख युन लङ पब्लिक लाइब्रेरीमा आयोजित चिल्ड्रेन सिम्पोजियममा उक्त चित्रहरू तयार गरेका थिए।

नेपाली विद्यार्थी साँझ (बिना सम्पादित भिडियो)भिडियोः प्रिशस र पशन तमू

चिल्ड्रेन सिम्पोजियम (बिना सम्पादित भिडियो)

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.