विजय थापा / एचकेनेपाल डट कम-
अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ तारिखको सप्ताहमा ३१ बर्षदेखि निरन्तर रुपमा बार्षिक सम्मेलन गर्दै आई रहेको आएको एएनए (दि एसोसिएसन अफ नेपलिज इन अमेरिका) को ३२ औ डिसी सम्मेलनमा मनिषा कोइराला आउने जानकारी प्रमुख संयोजक हेमन्त श्रेष्ठले तयारी समितिको बैठकमा जानकारी दिएका छन्।

हरेक बर्ष बिभिन्न व्यक्तित्वहरुलाई बिबिध विधामा नेपाल र नेपालीको नाम उच्च राख्ने नेपालीमूलका तथा बिदेशीहरुलाई समेत सम्मान गर्ने गरेको ३२ औ एएनए सम्मेलनमा मनिषा कोइरालालाई सम्मान गरिने भएकोले जुलाई ४ तारिखमा आउने निश्चित भएको भन्दै मनिषा कोइरालालाई आर्थिक कोष वृद्धि गर्ने योजना समेत रहेको बताए।

प्रमुख संयोजक हेमन्त श्रेष्ठले उदित नारायण झालाई पनि सम्मान गरिने योजना रहेकोले उनीसंग पनि कुरा चलि रहेको बताउदै भने सांस्कृतिक समितिका संयोजक तथा नायक सरोज खनालले प्रतिभा प्रतियोगिता गरिनुको साथै सांस्कृतिक साँझको लागि नेपालका ख्याति प्राप्त कलाकारहरुसंग पनि कुरा चलाई रहेको बताए। उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण ३२ औ एएनए सम्मेलनका संयोजकहरुले आ-आफ्ना भाबी योजनाहरु प्रस्तुत गरे भने सबैले कम्मर कस्नु पर्ने कुरामा जोड दिदै निर्वाचन पनि हुने भएकोले सहभागी ज्यादा हुने अनुमान गरिएको छ।

३२ औ एएनए सम्मेलनका उपसंयोजक तथा लेखा परीक्षक लक्ष्मण प्रधानले सम्मेलनमा लाग्ने खर्च र आम्दानीको बिस्तृत बिबरण प्रस्तुत गर्दै २९ औ एएनए सम्मेलनमा ​​१० हजार डलर मुनाफा कमाउन सकेकोमा ३२ औ एएनए सम्मेलनमा ​३० हजार डलरजति आम्दानी गर्न सकिने सम्भावना भएको जानकारी गराए।

आयोजक समितिको बैठकमा प्रतिभा प्रतियोगितामा प्रथम हुने तथा फेसन शो (भेषभूषा प्रदर्शन)मा पुरुष तथा महिला प्रतियोगितामा प्रथम हुनेलाई सहित नेपाल आउने जाने दुवै तर्फको हवाई टिकट दिईने भएको छ।

यस बर्षको ३२ औ एएनए सम्मेलनको नारा ‘अमेरिकामा नेपालीमन वाशिंगटन डिसीमा ए एन ए सम्मेलन’ भन्ने नारा तय गरिएको छ। अन्य बिबिध बिषयमा गम्भीर छलफल गरिदै अर्को हप्ताभित्र नै दर्ता प्रक्रिया तथा सहभागीहरुले अग्रिम रुपमा नै बासको व्यवस्थाको लागि आफ्नो स्थान सुरक्षित गर्न सकिने दर्ता समितिका संयोजकले जानकारी दिए। यसै गरी, खेलकूद संयोजक चन्द्र लामाले खेलकूदमा संलग्न सम्पूर्ण खेलाडीहरुलाई समेट्ने गरि ३२ औ एएएन सम्मेलनको अगिल्लो दिन एकीकरण (पुनर्मिलन )गरिने योजना रहेको बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस