आम्भु जेठा ‘लिङदेन’ / एचकेनेपाल डट कम-
१५ वैशाख। दुवै मृगौलाले काम गर्न छोडेपछि काठमाडौंमा डायलासिस गराई रहेकी तारा नेम्बाङ ‘हेमन्ता’ २१, को उपचार खर्च हङकङबाट १० लाख ७६ हजार ४सय रुपैंया विरामी परिवारलाई शनिवार प्रदान गरेको छ।

“लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल, प्रवास समिति हङकङ”ले विभिन्न संघ–संस्था, सहयोगी ब्यक्ति तथा सहयोगदाताहरुमा हङकङबाट उठाएको उक्त रकमको चेक पूर्वप्रधानमन्त्री तथा नेकपा एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई र सभासद तथा मोर्चाको अध्यक्ष श्रीप्रसाद जवेगुले विरामी परिवारलाई हस्तान्तरण गरेका हुन्।

लिरामुमो नेपाल, नेवा राज्य समिति काठमाडौंको मार्फत भृकुटी मण्डपस्थित राष्ट्रिय सभा गृह हलमा भएको कार्यक्रममा डा. बाबुराम भट्टराईले प्रवासमा रहेर संगठित भई नेपालको हितको लागि कामगरिहेकोमा सिङ्गो मोर्चा र सम्पूर्ण हङकङबासीलाई धन्यवाद दिदै विरामीको सिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।

मोर्चाले उठाएको सहयोगलाई थप गर्दै “याक्थुङ आरटिष्ट सोसाइटी हङकङ –यास” बाट २० हजार ३सय ६९, “न्यू एचके फेन्सी” बाट ५१ सय, “किरात याक्थुङ चेम्लुङ हङकङ (के–लाङ समूहसहित)” ४१ सय ८२, “तमु राष्ट्रिय मुक्ति मोर्चा हङकङ” बाट २७ सय ४०, “झापा हङकङ मञ्च” बाट २६सय, “एकीकृत नेपाली मञ्च हङकङ” बाट २१ सय ११ हङकङ डलर “लिरामुमो नेपाल, प्रवास समिति हङकङ” का अध्यक्ष रविन लिङदेनलाई वुझाएको कुरा उनले “आम्भु जेठा” नामक फेसबुक मार्फत सार्वजनिक गरेका थिए।

अर्का संस्था, पान्थर मञ्च हङकङले विहीवार ५ लाख २२ हजार रुपैया र किरात धर्म तथा साहित्य उत्थान संघ हङकङले विरामी परिवारलाई उपचार सहयोग रकम प्रदान गरेको छ।

पान्थर जिल्ला रानिटार–४, माक्लाबुङ निवासी नेम्बाङको सुमेरु अस्पतालमा डायलासिस भइ रहेको छ भने टिचिङ अस्पतालमा प्रत्यारोपण हुने छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस