निश्चल काउचा / एचकेनेपाल डट कम-
सिवल कोरिया पछिल्लो चरणमा नेपाली युवाहरुमाझ आकर्षक गन्तब्यको रुपका परिचित दक्षिण कोरियामा कोरियन नागरिकसंग बिबाह गरेर आएका प्राय नेपाली चेलीहरुले दुःख पाएको घटना सुन्दै र देख्दै आएका थियौ।

आईतबार भने छुट्टै माहोल साथ सिओलस्थित नेपाल हाउसमा कोरियन कवि तथा पत्रकार कीम ह्यङ ह्योसंग बिबाह बन्धनमा बाधिएकी नेपाली चेली मञ्जु गुरुङको संस्मरण पुस्तक ‘कर्मघरमा एक चक्कर’ बिमोचन हुदै थियो।

कार्यक्रमको सुरुवात नेपाली शहीद र कोरियामा भएको पानीजहाज दुर्घटनामा ज्यान गुमाएकाप्रति एक मिनेट मौन धारण पनि गरिएको थियो। गत अप्रिल १६ तारिखमा सिवल नामक पानीजहाज ४ सय ७६ जना यात्रु बोकेर इन्छनबाट छेजुदोको लागि छुटेको पानीजहाज जिन्डो नजिक समुन्द्री क्षेत्रमा दुर्घटना भएको थियो। दुर्घटना भएको पानीजहाजको भग्नावशेषबाट अहिलेसम्म १८७ जनाको शव निकालिएको छ भने अझै ११५ जना हराईरहेका छन् बाँकी यात्रुको सकुशल उद्दार गरिएको थियो।

कोरियाका लागि नेपाली राजदूत कमानसिह लामाबाट पुस्तक बिमोचन गरिएको थियो। उक्त अबसरमा आफ्नो भनाई राख्ने क्रममा लामाले विदेशमा पनि नेपाली चेलीको पुस्तक बिमोचन गर्न पाउदा गर्ब लागेको बताए।

लेखिकाले आफ्ना श्रीमानको हौसला र प्रेरणाबाट यो कृति जन्मिएको र कोरियामा नेपाली चेलीहरुले दुःख मात्र होईन सुख पनि पाएका छन् भन्ने संदेश दिन खोजेकी छु र नेपालबाट कोरिया आउनेहरुको निम्ति कोरियाको रहन सहन, कला संस्कृतिको बारेमा जान्न यो पुस्तकले महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने उद्देश्यले यो पुस्तक लेखिएको बताइन्।

कोरियन चित्रकार दु सियोङ यस्ता कार्यक्रमले नेपाल र कोरियाबीच सेतुको काम गर्ने बताए। उक्त कार्यक्रममा कोरियन कविहरु किम ईल हो, किम खोस, बुन छाङ खिल, कीम ह्यङ ह्यो, पत्रकार महासंघ अध्यक्ष अशोक मैनाली, ओमन फर ओमनकी सस्थापक जुनु गुरुङ, आदिबासी जनजाति महासंघका भक्त शेरचन, एन. आर. एनका महासचिव प्रकाश धमला, नेपाली साहित्य समाज दक्षिण कोरियाका अध्यक्ष प्रबिण राई, अन्तर्राष्ट्रिय साहित्य समाज कोरियाका अध्यक्ष कमलप्रसाद अर्यालले आफ्ना -आफ्ना धारणा राखेका थिए। कार्यक्रम संचालन कमला केसीले गरेकी थिईन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस