सोदिप थोप्रा लिम्बु / एचकेनेपाल डट कम-
नेपालमा ९ जिल्लासहितको स्वायत्त लिम्बुवान राज्य प्राप्तिको लागि बिशेष भूमिका निर्वाह गर्दै आएको लिम्बुवान स्वायत्त नागरिक एकता समाज युकेले शुक्रवार नेपाली दूतावासको कार्यालय लन्डन पुगी कार्यबाहक राजदूत तेज बहादुर क्षेत्रीमार्फत प्रधानमन्त्री सुशील कोइरालालाई लिम्बुवान स्वायत्त राज्यको सुनिश्चितताको लागि ज्ञापन पत्र हस्तान्तरण गरेको छ।

राजदूत क्षेत्रीले ज्ञापन पत्र बुझ्दै यथासिघ्र नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रतिवद्दता ब्यक्त गरेका थिए। हस्तान्तरण कार्यक्रममा नागरिक समाजका अध्यक्ष दिल सम्बाहाम्फे, उपाध्यक्ष नरेन्द्र लिम्बू, महासचिब सुरेश कन्दङ्गवा, सदस्य टंक येङ्गदेन तथा सल्लाहकार प्रसाद थेबे उपस्थित थिए।

समाजले यस अघिका प्रधानमन्त्रीहरु माधब नेपाल, झलनाथ खनाल र संबिधानसभाका अध्यक्ष सुबास नेम्बाङ्गलाई ज्ञापनपत्र बुझाई सकेको छ। नेपाली राजनीतिमा भरपर्दो र आश लाग्दो पार्टीको रुपमा रहेको नेपाली कांग्रेसको नेतृत्वमा गठित सरकारले संबिधान लेखनको क्रममा एतिहासिक पृष्ठभूमिको आधार र आम लिम्बुवानी तथा नेपाली जनताहरुको मर्म, चाहाना, माग साथै नेपाली इतिहासलाई उच्च सम्मान गर्दै अरुण-सप्तकोशी पूर्वी भागलाई बिना शर्त लिम्बुवान राज्य सिमांकन तथा नामांकन गर्न सरकार समक्ष नागरिक समाज युकेले ज्ञापन पत्र मार्फत जोडदार माग गरेको छ।

समाजले लिम्बुवानी तथा नेपाली जनताहरुको चाहना बमोजिम स्वायत्त लिम्बुवान राज्य प्राप्तिको लागि आगामी दिनमा थप कार्यक्रमहरु गर्ने भएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.