सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
शुक्रवार बिहान काठमाडौंको वसन्तपुरमा गायक राजेशपायल राईको एकल शो थियो। गीत पनि एउटा मात्रै बारम्बार दोहोर्याइरहेका थिए, ‘यसैले पढ्न लेख्न सिकायो, यसैले अघि बढ्न सिकायो, मेरो काठमाडौं, प्यारो नेपाल’ आशयको।

ड्रमर, गिटारिष्टलगायतका म्युजिसियन पनि सँगै भएकाले त्यहाँ भेलाजम्मा भएका र ओहोरदोहोर गर्नेले राजेशपायलको एकल लाइभ शो रहेको बुझे। त्यहाँ घुम्न आएका पर्यटक नेपालको झण्डा लिएर नाँचे। तर, राजेशपायल गीत गाइरहेका थिएनन्, गीत गाइरहेको अभिनय मात्रै गरिरहेका थिए।

फिल्म ‘साइकल’मा रहेको देशभक्तिपूर्ण गीतमा उनी फिचर भएका छन्। रक गायकका रुपमा उनले कन्सर्टमा उक्त गीत गाइरहेको दृष्य फिल्ममा समेटिने भएको छ। फिल्मको गीतमा स्वर भरेका राजेश उक्त गीतमा मात्रै देखिने छन्। फिल्ममा विक्की मल्ल, ममता लुईटेल, दिनेश डि सि, आनन्द पुन, हर्षिका श्रेष्ठ, विश्वराम खड्का, रामचन्द्र अधिकारी, उत्तम केसी आदि कलाकारहरुले अभिनय गरिरहेका छन्। संगीतकार राजेन्द्र श्रेष्ठद्वारा निर्मित फिल्मका निर्देशक शिव घिमिरे हुन्।


फोटो सौजन्यः मनोरञ्जन संसार डट कम

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस