शिव मुखिया / एचकेनेपाल डट कम-
भोजपुरे ठिटो टार्जन राईको नयाँ गीति संग्रह हालै सार्वजनिक भएको छ।

ओपेरा म्युजिकले बजारमा ल्याएको उक्त एल्वममा प्रेम विरहका भाका सुन्न पाइन्छ। यसमा आंशिक संगीत र शव्द पनि गायकको रहेको छ। त्यस वाहेक राई नविन, विनोद घायल र विनोद खम्वुद्वारा संगीतवद्ध गीत पनि एल्वममा समेटिएका छन्।

विभिन्न गायन प्रतियोगीतावाट चिनारी वनाउन सफल टार्जनको पछिल्लो एल्वममा सयौं जुनी माया गर्छु, मर्छु भन्थ्यौ माया विना, तिम्रो मनमा बस्नलाई, मन चोर्ने तिमी, कस्तो मायां गरे मैले गीतहरु रहेका छन्। यस अघि उनले पहिलो कलेक्सनको रुपमा पाईलाहरु नामको एल्वम पनि ल्याएका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस