एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ११ बैशाख । दोस्रो जनआन्दोलन सफल भै मुलुकमा लोकतन्त्र स्थापना भएको अवसरमा आज विहीवार नवौं लोकतन्त्र दिवस मनाइदै छ।
वि.सं. २०६२/६३ को शान्तिपूर्ण जनआन्दोलनको उपलब्धि स्वरूप मुलुकमा लोकतन्त्र बहाली भएको ऐतिहासिक दिन वैशाख ११ मा लोकतन्त्र दिवस मनाइएको हो।
जनआन्दोलनको चर्को दबावका कारण २०६३ साल बैशाख ११ गते राति पूर्वराजा ज्ञानेन्द्र राजगद्दीबाट बाहिरिएपछि नेपालमा लोकतन्त्रको सुरूवात भएको मानिन्छ। यद्यपि, यतिका वर्ष वितिसक्दा पनि नेपालमा लोकतन्त्र संस्थागत हुन नसक्दा लोकतन्त्र दिवस त्यति उत्साहपूर्ण बनेको छैन।
यहि सन्दर्भमा सामाजिक सञ्जाल ट्वीटरमा कसले के भने हेर्नुहोस्, तपाइँ पनि आफ्ना ट्वीट यहाँ प्रकाशित भएको देख्न चाहनुहुन्छ भने @Pashan मेन्सन गर्न वा बेनाम बादशाहमा रिप्लाई गर्न नभुल्नु होला
बिहानै ढोका टक्टकाएर कोठाभित्र पस्यो लोकतन्त्र!
ऊ पातालो, जीर्ण, दुखी र त्रसित देखिन्थो
मैले अंकमाल गरे
ऊ चिसो र लुगलुग कामिरहेको थियो!
— बेनाम बादशाह (@Pashan) April 24, 2014
बा भन्नुहुन्थ्यो हेर छोरा जीवनमा एकचोटि मज्जाले उफ्रिनु पर्छ
त्यसैलाई नै मुल मन्त्र लिएर २०६२/६३ मा दह्रो
उफ्रिए त्यसको परिणाम आज लोकतन्त्र
— नारायण (@narayan2121) April 24, 2014
प्रजातन्त्र आयो कांग्रेस-एमाले मोटाए ।
लोकतन्त्र आयो मधेशबादी मोटाए ।
गणतन्त्र आयो माउबादी मोटाए ।
जनताले के पाए ???
#लोकतन्त्र दिवस
— कबिनचा (@kanbi525) April 24, 2014
लोकतन्त्र दिवस जिन्दाबाद! पंचायतकालको बन्द समाज तर्फको आजको यात्रा मुर्दाबाद! मुर्दाबाद!
— Kanak Mani Dixit (@KanakManiDixit) April 24, 2014
जुन देशमा सुशासन छैन भिडतन्त्रको जगजगी छ त्यो देशमा प्रजातन्त्र लोकतन्त्र गणतन्त्र दिवस सै दिवस
— अमृत दहाल (@oops_u) April 24, 2014
मेरो आमा भन्नुन्तो!
एउटाभए सरासर!
दुईटाभए हेराहेर!
तिन्टाभए मारामार!
हाम्रोदेश मा तिन्टा तन्त्र छन्!
१)प्रजातन्त्र
२)लोकतन्त्र
३)गणतन्त्र
— परदेशी (@gp_yatri) April 24, 2014
गोजीभरी पैसा भएर पेट्रोल किन्न नपाउदा,बिदेश जान पासपोर्ट र श्रमको लागी दिनभरी लाईन बस्दा कर्मचारी र पुलीसको हप्कीखादा लाग्छ हो लोकतन्त्र आएछ
— रोमन भट्टराई (@sir_rosan) April 24, 2014
बाटोमा पिच्च थुक्दै हिंड्न पा'छम्, कैलेकाहिं दारूको तालमा मन लाग्या ठाममा मुत्न पा'छम्, टुँडिखेलाँ हग्न नि पा'छम्। यही त हो लोकतन्त्र भन्या!
— Boss Studio'07 (@birodhii) April 24, 2014
फालेपनि राजतन्त्र
ल्याए पनि लोकतन्त्र
लथालिङ्ग छ देशको अर्थ तन्त्र
लोकतन्त्र भन्दा भन्दै आयो गणतन्त्र
जे आए नि नेता कै सत्र
जनता सधै अलपत्र
— कमल जि . सि (@kamalgc1) April 24, 2014
यो लोकतन्त्र दिवस भनेको चाहिँ के!
सबैलाई शुभकामना दिउ भने नि गाली
गर्लान् भन्नाको डर…..!
— ||~अस्पन्तोशि~|| (@nepalsantoshi) April 24, 2014
शुभप्रभात शुभदिन
लोकतन्त्र दिवसको सबैलाई शुभकामना
— DADDY'S GIRL (@Adhikarigirl) April 24, 2014
केहि बर्ष पहिले राजतन्त्र हटाएर हासिल गरेको लोकतन्त्र केबल दिबश मनाउने दिनमा मात्रै सिमित भ एको छ !
के राजतन्त्र हटाउनु मात्रै उपलब्धि हो त?
— Rabindra lamichhane (@rabindralamichh) April 24, 2014
हिंसा, विध्वंस र निरंकुशताका विरुध्द र लोकतन्त्र, शान्ति र न्यायका लागि थियो त्यो जनआन्दोलन! अब अन्याय नहोस्। लोकतन्त्र दिवसको शुभकामना!
— Nilamber Acharya (@nilacharya) April 24, 2014
हाम्रो देशमा लोकतन्त्र कि गणतन्त्र..लोकतन्त्र भए गणतन्त्र किन छुट्टि,गणतन्त्र भए किन लोकतन्त्र?दुवै तन्त्र पक्कै कायम छैन होला #गम्भीरप्रश्न
— बिज्ञान लोहनी (@B_lohani) April 23, 2014