सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
लण्डनमा बसोबास गर्दै आईरहेकी गीतकार संगीता बायुङ राईको पहिलो गीति एल्बम ‘फूलजस्तै लाग्थ्यो माया’ को नेपाली राष्ट्रगानका रचयिता व्याकुल माईलाको प्रमुख आतिथ्यतामा व्याकुल माईला, सभासद यज्ञराज सुनुवार, प्राज्ञ शान्तिराम राई, बि.एफ.बि.एस. रेडियोका प्रमुख बिनोद खड्का, गीतकार संगीता बायुङ राई, मिस राई २०१२ की युमा राई, बरिष्ठ गीतकार टीका चाम्लिङले संयुक्त रुपमा बिमोचन गरे।

बि.एफ.बि.एस. रेडियो मानभवनको प्राङ्गनमा गरिएको सो बिमोचन कार्यक्रमलाई बि.एफ.बि.एस. रेडियोले २ घण्टासम्म लाईभ प्रशारण गरेको थियो। एल्बममा बरिष्ठ संगीतकार तथा प्राज्ञ शान्तिराम राईको एकल संगीत रहेको छ। राईको एकल संगीतको रुपमा यो २२ औ सांगीतिक कोशेली हो।

एल्बममा नेपालका ख्यातिप्राप्त गायक गायिकाहरु अञ्जु पन्त, उदय सोताङ, दिपक लिम्बु, प्रमोद खरेल, मिलन अमात्य, र युमा राईको रहेको छ। एल्बम बिक्रीबाट उठेको रकम मध्ये तीस प्रतिशत रकम ओखलढुँगा जिल्लास्थित रांगादिप माध्यमिक विद्यालयलाई सहयोग गर्ने कुरा गीतकार संगीता बायुङ राईले जानकारी गराईन्।

बिमोचन कार्यक्रममा अतिथिहरुले संगीता बायुङ राईको गीतिकारिताको सफलताको लागि शुभकामना दिएका थिए। गीतकार संगीता बायुङ राईले जीवन भोगाईका क्रममा अनुभूत गरेका वास्तविक कुराहरुलार्इं गीतमा उतारेको कुरा व्यक्त गरिन्। सो कार्यक्रमा आफ्नी ७५ बर्षिया आमा चन्नीमाया राईले समेत शुभआशिर्वचन दिएकी थिइन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस