घनस्याम पराजुली (कृष्ण)/ एचकेनेपाल डट कम –
दोहा – नेपाली चलचित्र ६ एकान ६ ले नेपालका तहल्का मच्चाएपछि कतारमा पनि प्रदर्शन हुनेभएको छ।

बल्क बष्टरको सूचीमा परेको यो फिल्मले दुई दिनमै ७८ लाख ग्रस कलेक्सन गरेको थियो। नेपालका चर्चित निर्देशक दिनेश डिसीद्धारा निर्मित यो चलचित्रमा सानो प्रर्दाका हास्य कलाकारहरुको बजोड अभिनय रहेको छ।

तितोसत्य, जिरे खुर्सानी र मेरीबास्सैका मुख्य अभिनेताहरु यो सिनेमामा समेटिएका छन्। दिपकराज गिरी, दिपाश्री निरौला र निर्मल शर्माद्धारा निर्माण गरिएको यो चलचित्रले दुई हप्तामा २ करोड भन्दा बढि कलेक्सन गर्न सफल भएको थियो।

कतारको ग्लोबल सिनेमा हल सनैयास्थित ग्राण्ड मलमा आगामी २ मे २०१४ शुक्रवारका दिन तिन शो प्रदर्शन हुन लागेको आयोजक पक्षले बताएको छ। यो चलचित्र प्रदर्शनका लागि स्याङ्गजा सम्पर्क मञ्च र माझी सेवा समाजले सहकार्य गरेको छ। टिकटका लागि भेषराज पराजुली ७७७४६६३३, गोप सुनार ७७७४१८३२, उमेश माझी ७०५३८५११ लाई सम्पर्क गर्न अनुरोध गरिएको छ। चलचित्रको पहिलो शो कतारको स्थानीय समयानुसार बिहान ११:३०, दिउसो २:३० र ५:३० बजे पर्दशन हुदैछ।

यस चलचित्रमा दिपकराज गिरी, जितु नेपाल (मुन्द्रे), शिवहरी पौडेल (मुखाँ हान्नु जस्तो), केदार घिमिरे (माग्नेबुढा), सिताराम कट्टेल (धु्रमुस), सन्दिप क्षेत्रीलगायतका हास्य कलाकारहरु रहेका छन्। साथै नायक नायक राजबल्लभ कोईरला, निर शाह र गजित बिष्टको विशेष भूमिका रहेको छ। छ जना नायकहरुको एउटी नायिका बनेर निता ढुङ्गनाले यस चलचित्रमा अभिनय गरेकीछन्। कमेडी एक्शन चलचित्र ६ एकान ६ मा शम्भुजीत बास्कोटाको संगीत, एनबी मर्हजनको द्वन्द, गम्भीर विष्टको नृत्य, पुरुषोतम प्रधानको क्यामरा रहेको छ।

दिपक राज गिरीको कथामा बनेको सो चलचित्रमा बरिष्ठ हाँस्य कलाकार हरिवंश आर्चायले निर्देशक डिसीसँगै शीर्ष गीत ६ एकान ६ मेरो मया तिम्लाई ६ गाएका छन्।

नेपाली चलचित्रहरुको खस्कदो व्यापारलाई लुटले केहीमाथि उकासेको थियो। त्यस्तै अहिले ६ एकान ६ ले राम्रै बजार तताएको छ। कतारको सन्दर्भमा पनि लुट फिल्म चले जस्तै ६ एकान ६ ले पनि राम्रै व्यापार गर्ने अनुमान गरिएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस