सुदर्शन रञ्जित / एचकेनेपाल डट कम –
पोखरा, २८ चैत। पोखरा–१७ दोविल्लामा रहेकोे सहारा एकेडेमिलाई सहारा युकेको एक टोलीले सहयोग हस्तान्तरण गरेको छ।

सहारा युकेका अध्यक्ष नविन गुरुङसहितको एक टोलीले एकेडेमिको लागि खेल तथा शैक्षिक सामाग्री क्लवका अध्यक्ष विरभद्र आचार्यलाई हस्तान्तरण गरेका हुन्। उक्त अवसरमा सहारा एकेडेमिमा रहेका १७ जना वालकहरुलाई घडिको साथमा मोजासमेत वितरण गरीएको थियो।

तस्वीरः उमेश पुन / एचकेनेपाल डट कम

वेलायतबाट नेपाल भ्रमणमा आएका शिक्षक माईकल एड्मिन्सन, इलिष्ट्रड फ्रेन्सलगायतको टोलीले सहयोग सामाग्री हस्तान्तरण गर्दै नविन गुरुङको माध्यमबाट सहारा एकेडेमीमा सहयोग गर्न पाउदा आफूहरुलाई निकै खुसि लागेको प्रतिकृया दिएका थिए।

चौधरी ग्रुपले २१ ईन्चको सीजी टेलिभिजन सहयोग प्रदान गरेको छ। क्लवका पूर्वकोषाध्यक्ष रामचन्द्र गुरुङले एक थान प्रोजेक्टर उपहार सहयोग गरेका छन भने सहारा युके र पोखरा एकेडेमी चिल्ड्रेन (प्याक्ट) युकेले संयुक्त रुपमा ६ थान स्टीलको दराज सहयोग गरेको क्लवका महासचिव केशव बहादुर थापाले बताए।

सहारा युकेका अध्यक्ष नविन गुरुङले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरुलाई सहारा एकेडेमिको बारेमा जानकारी गराए पनि उनीहरुले सहयोग गर्न रुचि देखाएकोले आफूले पुलको काम गरेकोे बताए। सहारा एकेडेमिलाई दिगो रुपमा सञ्चालन गर्न क्लवले अक्षयकोष स्थापना गरी अघि बढाउन आग्रह गर्दै उनले आफ्नो क्षेत्रबाट सहयोगलाई निरन्तरता दिने बताए।

क्लवका बरिष्ठ उपाध्यक्ष केशवराज बरालले दाताको सहयोगले सहारा एकेडेमि संचालन हुदै आएको बताए। सोही अवसरमा सहारा वाल प्राविले सहारा युकेका अध्यक्ष नविन गुरुङलाई सम्मान गरेको छ। सामाजिक क्षेत्रमा सहयोग पुराएको भन्दै बिद्यालयले बार्षिकोत्सवको अवसरमा सम्मानको घोषणा गरेको बिद्यालयले शुक्रबार सम्मान गरेको हो। बिद्यालयका प्राधानाध्यापक लोचना अधिकारीले सम्मान पत्रको साथमा दोसल्ला ओढाएर सम्मान गरेकी हुन्।

दोविल्लामा आफ्नै भवनमा हालै संचालनमा आएको सहारा एकेडेमिमा आगामी यसै शैक्षिक सत्र २०७१ देखि थप १३ जना वालकहरु राखिने भएको छ। कठिन परिस्थिति एवं विपन्न वर्गको वालकहरु सम्मिलित सहारा एकेडेमीमा हाल १० जिल्लाका १७ जना वालकहरु रहेकोमा उक्त एकेडेमीमा ३० जनाको क्षेमता भएकोले पनि १३ जना थप वालकहरु खोजि गर्न लागिएको क्लवले जनाएको छ। आफ्नै खेल मैदान र आवास गृहमा राखि उचित शिक्षा प्रदान गर्दै भविष्यमा सक्षम नागरिक एवं दक्ष फुटवल खेलाडी उत्पादन गर्ने उद्धेश्यले एकेडेमि संचालन गरेको बताएका क्लवका अध्यक्ष विरभद्र आचार्यले भर्ना हुन इच्छुक बालक वा निज आश्रित संघ संस्था, छरछिमेकीहरुले आवेदन दिनु हुन आग्रह गरेका छन्।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस