सोदिप थोप्रा लिम्बु / एचकेनेपाल डट कम-
आशफोर्ड, युकेर। लिम्बुवान स्वायत्त नागरिक एकता समाज युकेले आशफोर्ड मेन्स क्लबमा लिम्बुवान एकताबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

समाजका महासचिब सुरेश कन्दङ्गवाले संचालन गरेको उक्त कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष दिल सम्बाहाम्फेले गरेका थिए| युकेमा भएका लिम्बुवानजन्य राजनीतिक पार्टीका प्रवास शाखाहरु, किरात याक्थुङ चुम्लुङ युके एबं लिम्बुवान अन्तर्गत पर्ने ९ जिल्लाका प्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको सो कार्यक्रममा मंच सम्बद्द संघीय लिम्बुवान राज्य परिषद युकेका प्रतिनिधि खेम मादेन, संघीय लिम्बुवान राज्य परिषद युकेका प्रतिनिधि निर्मल पतङ्गवा र किरात याक्थुङ चुम्लुङ युकेका प्रतिनिधिका रुपमा छत्र वनेम उपस्थित भएका थिए भने तेह्थुम, ताप्लेजुंग, धनकुटा, पांचथर एबं संखुवासभा समाजका प्रतिनिधिका रुपमा क्रमश: डम्मर सिंगक, रत्न लाबुङ्ग, विश्वासदीप तिगेला, एकराज नेम्बाङ्ग र उत्तर मगर उपस्थित भएका थिए|

त्यसैगरी, कार्यक्रममा सल्लहकारहरु प्रसाद थेबे, श्री साम्यु, देब आङ्गबुहाङ्ग, राजेन्द्र खिम्दीङ्गलगायत अन्य थुप्रै समाजका बुद्दिजीबीहरुको उपस्थिति रहेको थियो। महासचिब कन्दङ्गवाले उपस्थित महानुभावहरुलाई सुरक्षा सम्बन्धी जानकारी गराएका थिए भने अध्यक्ष सम्बाहाम्फेले कार्यक्रमको बारेमा बिस्तृत जानकारी दिएका थिए| कार्यक्रमको बारेमा जानकारी दिने क्रममा अध्यक्षले लिम्बुवानमा आन्दोलनरत पार्टीहरु अहिले जस्तै विभाजित भएर जाने हो भने लिम्बुवान प्राप्ति होइन, समाप्ति भएर जाने हुँदा लिम्बुवानमा आन्दोलनरत लिम्बुजन्य पार्टीहरुलाई एकताको लागि सल्लाह, सुझाब साथै दवाब दिने दायित्व नागरिक समाजको मात्र नभई लिम्बुवानका सम्पूर्ण संघ-संस्थाहरु एबं व्यक्तिहरुको पनि भएको कुरा प्रष्ट पारेका थिए।

संबिधान मैं लिम्बुवानको हक एबं अधिकार संरक्षर्ण गर्न सकेमात्र लिम्बुवान प्राप्ति सुनिश्चित हुने भएकोले संबिधान बन्नु अगावै पार्टीगत एकता सम्भव नभए मोर्चावन्दी गरेर भए पनि एकजुट भई संबिधान अन्तर्गत नै लिम्बुवान सुनिश्चित गराउन लिम्बुवानजन्य सम्पूर्ण राजनैतिक पार्टीहरुको एउटै आवाज हुनु पर्ने, स्थानीय निर्वाचनको बिपक्षमा पार्टीले अडान लिनु पर्ने, गैरलिम्बुवानजन्य पार्टीहरुका सभासदहरु पनि लिम्बुवानवासी नै भएकाले उनीहरुलाई पनि लिम्बुवान प्राप्तिको निम्ति सदुपयोग गर्न सक्नु पर्ने, पार्टीका नेताहरुले व्यक्तिगत एबं दलगत स्वार्थ भन्दा माथि उठेर सम्पूर्ण लिम्बुवानको हितको लागि कार्य गर्नु पर्ने, लिम्बुवान राज्यको माग जातीय हिसाबले गरिएको नभई ऐतिहासिक पृष्ठभूमिको आधारमा गरिएको र लिम्बुवानमा बसोवास गर्ने सम्पूर्ण जातजातिहरुको हक अधिकारको लिम्बुवानमा सुनिश्चित हुने कुरा लिम्बुवानवासीहरुलाई बुझाउनु पर्ने आदि लगायतका सुझावहरु कार्यक्रममा उपस्थित जिल्ला प्रतिनिधिहरु, सल्लाहकारहरु एबं बुद्दिजीवीहरुले दिएका थिए।

कार्यक्रममा मञ्च सम्बद्द संघीय लिम्बुवान राज्य परिषद युकेका प्रतिनिधि खेम मादेन र संघीय लिम्बुवान राज्य परिषद युकेका प्रतिनिधि निर्मल पतङ्गवाले एकता गर्ने क्रममा आ-आफ्नो पार्टीमा आइ परेका बाधा अवरोधहरु एबं पार्टीहरु बीच एकता हुन् नसक्नुका कारणहरुको बारेमा प्रष्ट पारेका थिए।

गएको संबिधान सभाको निर्वाचनमा विभाजित भई भाग लिंदा पाएको मत परिणामबाट पार्टीहरुले पाठ सिक्नु पर्नेमा उपस्थित सबैले जोड दिएका थिए। पहिचान सहितको संघियतामा नहार्ने लिम्बुवान भएकोले लिम्बुवानको हित नचाहने सम्पूर्ण शक्तिहरु लिम्बुवानलाई असफल बनाउन लागिरहेको अहिलेको अवस्थामा एकताको बिकल्प नभएको निष्कर्षसमेत उक्त भेलाले निकालेको छ।

अन्त्यमा अध्यक्ष सम्बाहाम्फेले कार्यक्रममा खाजा पानीको व्यवस्था गरेर सहयोग पुर्याएकोमा नागरिक समाज आशफोर्ड शाखालाई साथै उपस्थित भई दिएर कार्यक्रम सफल साथै ऐतिहासिक बनाउन सहयोग गरेकोमा उपस्थित सबैलाई हृदयबाटै धन्यवाद दिएका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.