विजय थापा / एचकेनेपाल डट कम-
न्युयोर्क, गांउबाट शहरमा आएको युवतीको भूमिकामा पवनकली शो नामक टेलिभिजन कार्यक्रम सञ्चालन गरेर चर्चामा आएकी माम्पी घोष यतिबेला न्युयोर्कको फेशन शोमा ब्यस्त हुन थालेकी छन्।

टेलिभिजन कार्यक्रम पवनकली शोमा गांउले युवतीको भूमिकामा देखिएकी पवनकली न्युयोर्कमा रहेको साउथ एशिएन कम्युनिटीमा फेशन शोमा ब्यस्त रहेकी हुन्। अध्यनका लागि बिगत केही महिनादेखि न्युयोर्कमा रहेकी माम्पीले फेशन सम्बन्धी कार्यक्रममा भाग लिनुका साथै अमेरिकामा रहेका साउथ एशिएन सञ्चार माध्यममा आफ्नो करियर अगाडि बढाउने योजना रहेको सुनाईन्।

कानुन क्षेत्रमा अध्ययन गर्दै गरेकी माम्पीले अप्रिल महिनामामात्र दुईवटा फेशन शोमा क्याटवाक गरेकी छन्। न्युयोर्कको फेशन शोको बारेमा आफ्नो अनुभब सुनाउंदै माम्पीले भनिन् “ नेपालमा रहंदा होस् या बिदेशमा जहाँ रहेर पनि आफ्नो लक्ष्य पूरा गर्ने यात्रामा लाग्ने छु।”

 

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस