दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा, २७ चैत। पोखरा –१७ दोविल्लामा आफ्नै भवनमा हालै संचालनमा आएको सहारा एकेडेमिमा आगामी यसै शैक्षिक सत्र २०७१ देखि थप १३ जना वालकहरु राखिने भएको छ। कठिन परिस्थिति एवं विपन्न वर्गको वालकहरु सम्मिलित सहारा एकेडेमीमा हाल १० जिल्लाका १७ जना वालकहरु रहेकोमा उक्त एकेडेमीमा ३० जनाको क्षेमता भएकोले पनि १३ जना थप वालकहरु खोजि गर्न लागिएको क्लवले जनाएको छ।

फाइल तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

आफ्नै खेल मैदान र आवास गृहमा राखि उचित शिक्षा प्रदान गर्दै भविष्यमा सक्षम नागरिक एवं दक्ष फुटवल खेलाडी उत्पादन गर्ने उद्धेश्यले एकेडेमि संचालन गरेको बताएका क्लवका अध्यक्ष विरभद्र आचार्यले भर्ना हुन इच्छुक बालक वा निज आश्रित संघ संस्था,छरछिमेकीहरुले आवेदन दिनु हुन आग्रह गरेका छन्।

कठिन परिस्थिति एवं विपन्न वर्गको, आमा र वुवा दुवै मृत्यु भएको वा कुनै एकको मृत्यु भएको वा आमाले छोडी गएको, वालकको उमेर ९ देखि ११ वर्ष भित्र भएको, कक्षा ४ देखि ६ सम्म अध्ययनरत रहेको, अध्ययनरत शैक्षिक संस्थाको लब्धाङ्क, प्रमाण पत्र र सम्बन्धित गा.वि.स.वा बालक आश्रित संघ संस्थाको सिफारिश साथ ईच्छुक बालकको २ प्रति फोटोसहित अन्य आबश्यक कागजात संग्लन्न राखी आगामी शैक्षिक सत्रभित्र क्लबको कार्यालयमा सम्पर्क गरि क्लवले अनुरोधसमेत गरेको छ। क्लबको कार्यालयमा सम्पर्क राखिदिनुहुन वा ०६१—५५१०५१ ÷०६१—५३२५६१ मा सम्पर्क गरी थप जानकारी लिन सकिने क्लवले जनाएको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस