धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
बेलायत । बेलायतमा अध्ययनरत एकजना विद्यार्थी शेष बहादुर गुरुङले गत बुधबार झुण्डिएर आत्महत्या गरेका छन्। ह्वाइटच्यापलमा रहेको गिल्डहल कलेजमा अध्ययनरत गुरुङ ब्रिष्टोलस्थित कोठामा अप्रिल २ गते झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

फाइल तस्वीरः शेष बहादुर गुरुङ

बुटबलमा वडा नं ६ लक्ष्मीनगरका २६ वर्षीय गुरुङ सन् २००९ को सेप्टेम्बर महिनामा बेलायत आएका थिए। उनको पुख्र्यौली घर भने तनहूँको फिरफिरे हो। मृतक गुरुङको बुबा, आमा र भाई बुटवलमा बस्दै आएका छन्।

उनी स्थानीय बुफे रेष्टुरेण्टका केही समयदेखि काम गर्दै आएका थिए। त्यहि रेष्टुरेण्टले उपलब्ध गराएको आवास कक्षमा उनी झुण्डिएको अवस्थामा मृत भेटिएको स्थानीय प्रहरीले जानकारी दिएको छ।

मृतक गुरुङका साथी कमल थापाका अनुसार शेषको मृत शरीरलाई स्थानीय फ्युनरलसंग समन्वय गरेर नेपाल पठाउने तयारी भइरहेको छ। उनको पार्थीव शरीरलाई नेपाल पठाउनका लागि लाग्ने आवश्यक रकम जुटाउन कलेजका विद्यार्थीहरुले फण्ड रेइजिङ टिम बनाएर अभियान थालेका छन्। साथै गैरआवासीय नेपाली संघ युके र अन्य नेपाली संघसंस्थाहरुसंग पनि सहयोग जुटाउन पहल गरिने बताइएको छ।

प्रहरीले उनको कोठाबाट सुसाईड नोट बरामद गरेपनि त्यसमा के लेखिएको थियो भन्ने खुलेको छैन। प्रहरीले मृत्युबारे आवश्यक अनुसन्धान गरिरहेको उनका आफन्तले बताएका छन्।

मृतकका साथी थापाले बिद्यार्थीहरुको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा डिप्रेसनको कारणले शेषले कठोर निर्णय लिएको हुनसक्ने बताए। उनले मृतकको शव नेपाल पठाउनका लागि सहयोग गर्न बेलायतवासी नेपालीहरुलाई आव्हान गरेका छन्।

Thanks for Sharing:

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस